कर्ममुखी औद्योगिक विकासको अभियानमा आइएमई ग्रुप
काठमाडौं । उद्योग वाणिज्य महासङ्घका अध्यक्षसमेत रहेका आइएमई ग्रुपका प्रबन्ध निर्देशक चन्द्र ढकालले आफ्नो ग्रुप कर्ममुखी औद्योगिक विकासमा केन्द्रित रहेको बताएका छन् । आयात प्रतिस्थापनमा योगदान गर्दै आत्मनिर्भर र दिगो आर्थिक विकासको लक्ष्यसहित उद्योग स्थापनामा आफ्नो ग्रुप केन्द्रित रहेको उनले बताएका हुन् । ‘उद्योग स्थापना गरेर रोजगारी सृर्जना गर्ने मात्रै होइन, आत्मनिर्भर र दिगो आर्थिक […]

काठमाडौं । उद्योग वाणिज्य महासङ्घका अध्यक्षसमेत रहेका आइएमई ग्रुपका प्रबन्ध निर्देशक चन्द्र ढकालले आफ्नो ग्रुप कर्ममुखी औद्योगिक विकासमा केन्द्रित रहेको बताएका छन् ।
आयात प्रतिस्थापनमा योगदान गर्दै आत्मनिर्भर र दिगो आर्थिक विकासको लक्ष्यसहित उद्योग स्थापनामा आफ्नो ग्रुप केन्द्रित रहेको उनले बताएका हुन् ।
‘उद्योग स्थापना गरेर रोजगारी सृर्जना गर्ने मात्रै होइन, आत्मनिर्भर र दिगो आर्थिक विकासमा योगदानका लागि कर्ममुखी औद्योगिक विकासको नेतृत्व गर्नु हाम्रो अभिप्राय छ,’ ढकालले भनेका छन् ।
ग्रुपले स्थापना गर्ने उद्योग वातावरणमैत्री रहने उनले दाबी गरेका छन् । ‘हाम्रा उद्योगहरूमा पीपीसी प्लान्टको प्रयोग हुनेछ । यसले कार्बन उत्सर्जन कम गर्दै क्याल्सियन कार्बोनेटको आयात कम गर्न सहयोग पुर्याउनेछ,’ उनले भने ।
उनले उद्योगी र व्यवसायीप्रतिको धारणा परिवर्तन गर्नका लागि आम नागरिकलाई आग्रह गरेका छन् । ‘हामी सधैँ इलोन मस्क, टाटा वा अम्बानीका कुरा गर्छौँ । तर, हाम्रा उद्योगीहरूप्रति आम नागरिकमा नकारात्मक धारणा रहेको छ । यो भाष्य र सोच बदल्न जरूरी छ । व्यवसायी र उद्योगीले लिएको जोखिम, उनीहरूको मिहेनत देखिँदैन । पूर्वाधार विकास, आम नागरिकले प्राप्त गर्ने सेवा सुविधामा राजनीति नगरौँ,’ ढकालको आग्रह छ ।
निजी क्षेत्रको योगदानबारे आम नागरिकमा सकरात्मक सन्देश प्रवाह नभएसम्म लगानीको वातावरण नबन्ने उनले बताए । ‘सबै राजनीतिक दलका नेताहरू र नेतृत्वलाई पूर्वाधार विकास र रोजगारी र राजश्वको स्रोतका लागि एकठाउँमा उभिनुपर्नेछ । अन्यथा तपाईं हाम्रै कारणले अभाव गरिबी र पछ्यौटेपनको सामना गर्नुपर्नेछ,’ उनले भने ।
विदेशी अनुदान र सहयोगी कटौती हुँदै गएको अवस्थामा स्वदेशी उद्यमी रोजगारी सिर्जना गर्ने र राजश्व सृर्जना गर्ने व्यवसायीहरूलाई प्रोत्साहन गर्नुपर्ने उनले बताए ।
What's Your Reaction?






