ससुराली गएर श्रीमतीको हत्या 

जनकपुरधाम । महोत्तरीमा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ परेका छन् । पक्राउ पर्नेमा औरही नगरपालिका– ७ भोइलका ३२ वर्षीय सत्यनारायण यादव रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनले शुक्रबार बिहान इँटा प्रहार गरी २४ वर्षीया श्रीमती सुधिरादेवीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रवक्ता डीएसपी सन्तलालप्रसाद जयसवारले जानकारी दिए । यादवले बल्वा नगरपालिका– ५ […]

Mar 7, 2025 - 07:21
 0
ससुराली गएर श्रीमतीको हत्या 

जनकपुरधाम । महोत्तरीमा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा औरही नगरपालिका– ७ भोइलका ३२ वर्षीय सत्यनारायण यादव रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनले शुक्रबार बिहान इँटा प्रहार गरी २४ वर्षीया श्रीमती सुधिरादेवीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रवक्ता डीएसपी सन्तलालप्रसाद जयसवारले जानकारी दिए ।

यादवले बल्वा नगरपालिका– ५ मनसिस्वास्थित ससुराली गएर श्रीमतीको हत्या गरेका थिए । ‘माइत बसेकी श्रीमती भेट्न आएका यादवले सुधिरादेवीसँग केही विषयमा विवाद हुँदा आवेशमा आएर इँटा प्रहार गरेको पाइएको छ,’ उनले भने ।

मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको डीएसपी जयसवारले बताए । घटना भएको जानकारी पाएलगत्तै प्रहरीले घटानस्थल पुगेर अनुसन्धान सुरु गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register