बागमतीका मेयर थापाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका प्रमुख (मेयर) भरतकुमार थापा जोडिएको मुद्दा हेर्दाहेर्दैमा पुगेको छ । बिहीबारसँगै यो मुद्दा तेस्रोपटक हेर्दाहेर्दैमा पुगेको हो । मेयर थापाविरुद्धको भ्रष्टाचार मुद्दामा बिहीबार विशेष अदालतमा बहस भएको थियो । बहस नसकिएपछि उक्त मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो । न्यायाधीशत्रय टेकनारायण कुँवर, तेजनारायणसिंह राई र विदुर कोइरालाको इजलासमा मुद्दाको बहस भएको थियो […]

Apr 17, 2025 - 12:22
 0
बागमतीका मेयर थापाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका प्रमुख (मेयर) भरतकुमार थापा जोडिएको मुद्दा हेर्दाहेर्दैमा पुगेको छ । बिहीबारसँगै यो मुद्दा तेस्रोपटक हेर्दाहेर्दैमा पुगेको हो ।

मेयर थापाविरुद्धको भ्रष्टाचार मुद्दामा बिहीबार विशेष अदालतमा बहस भएको थियो । बहस नसकिएपछि उक्त मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो ।

न्यायाधीशत्रय टेकनारायण कुँवर, तेजनारायणसिंह राई र विदुर कोइरालाको इजलासमा मुद्दाको बहस भएको थियो ।

नेकपा माओवादी केन्द्रबाट निर्वाचित थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुईवटा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको दाबीसहित मेयर थापासहित चारजनाविरुद्ध २८ चैत २०८० मा मुद्दा दर्ता गरेको थियो ।

यस्तै ०७४ असोजदेखि ७९ माघसम्म सार्वजनिक पदधारण गर्दाको अवधिमा थापाले अवैध रुपमा पाँच करोड रुपैयाँभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोग लगाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register