सरकार एक्लैले नीतिगत सुधार गर्न सक्दैन मन्त्री सुडी

काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा ‘साथी’ नामक संस्थाले बिहीबार आयोजना गरेको गोष्ठीको उद्घाटन गर्दै उहाँले राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी तथा जनजाति आयोग, दलित आयोग र अन्य संवैधानिक व्यवस्था गरी महिला, दलित तथा आदिवासी जनजातिको विषयलाई उच्च प्राथमिकता दिँदै कार्यान्वयनमा लैजानुपर्ने बताए । उनले महिला, बालबालिका, जनजाति लगायतको समस्या […]

Mar 7, 2025 - 08:59
 0
सरकार एक्लैले नीतिगत सुधार गर्न सक्दैन मन्त्री सुडी

काठमाडौं ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले सरकारले संविधानको मर्म अनुरूप महिलाको विकास र सशक्तीकरणका लागि उच्च प्राथमिकताका साथ काम गरिरहेको बताएका छन् । 

अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा ‘साथी’ नामक संस्थाले बिहीबार आयोजना गरेको गोष्ठीको उद्घाटन गर्दै उहाँले राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी तथा जनजाति आयोग, दलित आयोग र अन्य संवैधानिक व्यवस्था गरी महिला, दलित तथा आदिवासी जनजातिको विषयलाई उच्च प्राथमिकता दिँदै कार्यान्वयनमा लैजानुपर्ने बताए ।

उनले महिला, बालबालिका, जनजाति लगायतको समस्या जटिलछ । यसको सुधार सरकार एक्लैले गर्न सक्दैन । सबैको साथ र सहयोगबाट मात्र सुधार सम्भव छ भने । जेनेभामा फेब्रुअरी ३ देखि ५ सम्म भएको सिडको ९० औं सत्रमा नेपालको तर्फबाट प्रस्तुत गरिएका ३ वटा प्रतिवेदनमा महिला बिरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलन गर्न आफु प्रतिबद्ध रहेको मन्त्री सुडीले जानकारी गराए।

सिड कमिटीका सदस्य तथा साथी संस्थाका संस्थापक अध्यक्ष बन्दना राणाले ६ बर्षमा एकपटक हुने सिड कमिटिमा नेपालको तर्फबाट प्रगति रिपोर्ट बुझाउँनुपर्ने हुँदा सरकार, समाज, गैह्रसरकारी संस्थाहरुको संजालले अहिले देखिनै बिषयमाथी छलफल गरि तयारी गर्नुपर्ने बताइन् । उनले कंगोको तुलनामा भर्खरै जेनेभामा सम्पन्न भएको सम्मेलनमा जति तयारी हुनुपर्ने हो त्यति हुन नसकेको र अनुगमन, कार्यान्वयन, तथ्यांक संकलन राम्रो नभएको कुरा औल्याइन् ।


सोही अवसरमा भिजिवल इम्प्याकटका डाईरेक्टर मेधा शर्माले २०१८ को दाँजोमा २०२५ को तयारी राम्रै भएको भए पनि स्वास्थ्य मन्त्रालयको प्रतिनिधित्व नहुँदा अधुरो महसुस भएको बताइन् । त्यस्तै फेडोका अध्यक्ष दुर्गा सोबले संक्रमण कालिन न्याय र महिलाका बिषय राम्रोसँग उठन् सक्थ्यो सरकारको तयारी नपुगेको कारण कमजोर प्रस्तुति रहेको बताइन् । कार्यक्रममा महिला कानून बिकास मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले सम्मेलन धेरै महत्वपूर्ण भएको र सबै पक्ष मिलेर प्रभावकारी कसरी बनाउँने भन्ने बारेमा बृहत छलफल र तयारी शुरुदेखिनै गर्नुपर्ने बताइन् ।

सोही अवसरमा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले दक्षिण एशियामा नेपाल रोलमोडलको रुपमा प्रस्तुत भयो । सिड कमिटीमा भाग लिने तिनै तह राज्यका सपोर्टर हुन् । हामीले अपेक्षा गरे भन्दा धेरै राम्रो प्रस्तुति मन्त्रीको रहेको बताएकी छन् । पद्यमकन्या क्याम्पसका सह प्राध्यापक प्रतिमा गुरुङले आदिवासी , जनजाति, महिलाको हकमा राज्यले सम्बोधन गर्नुपर्ने बताएकी छन् । कार्यक्रममा संयुक्त राष्ट्रसंघीय प्रतिनिधि प्याट्रिसिया फर्नानडेजले नेपालको भूमिका महत्वपूर्ण रहेको बताइन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register