राजावादीको आजको प्रदर्शन सिफलचौरमा

काठमाडौं । राजसंस्था र हिन्दु राज्यको पुनर्स्थापनाको माग गर्दै आन्दोलनरत राजावादी समूहले काठमाडौँको सिफल चौरमा प्रदर्शन गर्ने भएका छन्। संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीका अनुसार प्रदर्शन आज दिउँसो २ बजेबाट सुरु हुनेछ। जेठ १९ गते सोमबार नारायणहिटी दरबार हत्याकाण्डको स्मृतिमा शोक मनाउनका लागि प्रदर्शन स्थगित गरेका राजावादीहरूले आज भने आफ्नो आन्दोलनलाई निरन्तरता दिने भएका […]

Jun 3, 2025 - 04:43
 0
राजावादीको आजको प्रदर्शन सिफलचौरमा

काठमाडौं । राजसंस्था र हिन्दु राज्यको पुनर्स्थापनाको माग गर्दै आन्दोलनरत राजावादी समूहले काठमाडौँको सिफल चौरमा प्रदर्शन गर्ने भएका छन्। संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीका अनुसार प्रदर्शन आज दिउँसो २ बजेबाट सुरु हुनेछ।

जेठ १९ गते सोमबार नारायणहिटी दरबार हत्याकाण्डको स्मृतिमा शोक मनाउनका लागि प्रदर्शन स्थगित गरेका राजावादीहरूले आज भने आफ्नो आन्दोलनलाई निरन्तरता दिने भएका हुन्। सोमबार साँझ उनीहरूले कमलादीस्थित गणेश मन्दिर परिसरमा दिवंगत राजपरिवारका सदस्यहरूको सम्झनामा दीप प्रज्वलन गरेका थिए।

गणतन्त्र घोषणा भएको दिन जेठ १५ गतेदेखि निरन्तर प्रदर्शन गर्दै आएका उनीहरूले राजसंस्था र हिन्दु राज्य पुनर्स्थापना नभएसम्म आफ्नो आन्दोलन जारी रहने बताएका छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register