नेपालले नामिबियालाई दियो ९३ रनको लक्ष्य

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले नामिबियालाई ९३ रनको लक्ष्य दिएको छ । युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा आजदेखि शुरुभएको चार देशीय सिरिज अन्तर्गत नेपालले नामिबियाविरुद्ध टस जितेर पहिला ब्याटिंग गर्दै १९.५ ओभरमा ९२ रन बनाएर अल आउट भएको हो ।  नेपालका लागि सम्झना खड्काले सर्बाधिक १८ रन बनाएकी थिइन् भने कबिता जोशीले १६, पुजा महतोले १३ […]

Mar 8, 2025 - 14:02
 0
नेपालले नामिबियालाई दियो ९३ रनको लक्ष्य

काठमाडौं ।

नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले नामिबियालाई ९३ रनको लक्ष्य दिएको छ ।

युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा आजदेखि शुरुभएको चार देशीय सिरिज अन्तर्गत नेपालले नामिबियाविरुद्ध टस जितेर पहिला ब्याटिंग गर्दै १९.५ ओभरमा ९२ रन बनाएर अल आउट भएको हो । 

नेपालका लागि सम्झना खड्काले सर्बाधिक १८ रन बनाएकी थिइन् भने कबिता जोशीले १६, पुजा महतोले १३ रन बनाएकी थिइन् ।

त्यस्तै नामिबियाका बलर विलका एमवाटिल र मेकेलाय एमवाटिलले ३-३ विकेट लिएका थिए भने कायलीन ग्रिनले २ विकेट लिएकी थिइन् ।


What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register