इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति विमानस्थलबाट पक्राउ

काठमाडौं। जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी सिन्धुली कमलामाई नगरपालिका-२ चियाबारी घर भएका २७ वर्षीय आशिष बुढाथोकी शनिबार पक्राउ परेका छन् । एनसिबि काठमाडौंबाट खटिएको प्रहरीले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । जबरजस्ती करणी मुद्दामा फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट […]

Mar 9, 2025 - 13:08
 0
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति विमानस्थलबाट पक्राउ

काठमाडौं।

जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी सिन्धुली कमलामाई नगरपालिका-२ चियाबारी घर भएका २७ वर्षीय आशिष बुढाथोकी शनिबार पक्राउ परेका छन् । एनसिबि काठमाडौंबाट खटिएको प्रहरीले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

जबरजस्ती करणी मुद्दामा फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट अनुरोध भएपश्‍चात एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२५ फेब्रुअरी १४ मा उनीविरूद्ध रेड नोटिस जारी भएको थियो ।

उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सिन्धुली पठाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register