गोकर्णेश्वरमा महिलाको हत्या : बागमतीमा भेटियो शव, पाँच जना पक्राउ

काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा एक महिलाको हत्या गरी बोरामा प्याक गरेर बागमती नदीमा फालिएको अवस्थामा शव फेला परेको छ। हत्या आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सर्लाहीको बागमती ढुंगेखोला घर भएका २५ वर्षीय कैलाश खड्का, मकवानपुरको हेटौडा शिखरपानी घर भएका २० वर्षीय सुरेश तामाङ, नुवाकोटको मेघाङ–४ देउराली घर भएका २४ वर्षीय रोशन […]

Mar 9, 2025 - 13:15
 0
गोकर्णेश्वरमा महिलाको हत्या : बागमतीमा भेटियो शव, पाँच जना पक्राउ

काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा एक महिलाको हत्या गरी बोरामा प्याक गरेर बागमती नदीमा फालिएको अवस्थामा शव फेला परेको छ। हत्या आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सर्लाहीको बागमती ढुंगेखोला घर भएका २५ वर्षीय कैलाश खड्का, मकवानपुरको हेटौडा शिखरपानी घर भएका २० वर्षीय सुरेश तामाङ, नुवाकोटको मेघाङ–४ देउराली घर भएका २४ वर्षीय रोशन तामाङ, सिन्धुपाल्चोकको तिपिने घर भएकी २० वर्षीया पूजा परियार र एक जना नाबालक रहेका छन् । उनीहरुलाई प्रहरी वृत्त बौद्धको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए ।

शनिबार गोकर्णेश्वर नगरपालिका–७ नामी कलेज नजिकको बागमती खोलाको बीच भागमा पानीमा डुबेको अवस्थामा एक महिलाको शव फेला परेको थियो। बोरामा प्याक गरेको अवस्थामा भेटिएको उक्त शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएर प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको थियो।

सो क्रममा ती महिलाको हत्या भएको खुलेको प्रहरीले जनाएको छ। महिलाको अहिलेसम्म पहिचान खुल्न सकेको छैन।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register