ज्ञानेन्द्र शाहीको आरोप : राजसंस्था पक्षधरको जुलुसमा ओलीले आदित्यनाथको तस्वीर राख्न लगाएका हुन् 

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएका छन् । उनले राजसंस्था पक्षधरको जुलुसमा ओलीले नै भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्वीर राख्न लगाएको आरोप लगाएका हुन् । ओलीकै निर्देशनमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जुलुसमा राखेको राप्रपाका प्रमुख सचेतकसमेत रहेका शाहीले सोमबार सामाजिक सञ्जालमार्फत […]

Mar 10, 2025 - 04:12
 0
ज्ञानेन्द्र शाहीको आरोप : राजसंस्था पक्षधरको जुलुसमा ओलीले आदित्यनाथको तस्वीर राख्न लगाएका हुन् 

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएका छन् ।

उनले राजसंस्था पक्षधरको जुलुसमा ओलीले नै भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्वीर राख्न लगाएको आरोप लगाएका हुन् ।

ओलीकै निर्देशनमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जुलुसमा राखेको राप्रपाका प्रमुख सचेतकसमेत रहेका शाहीले सोमबार सामाजिक सञ्जालमार्फत लगाए ।

‘आइतबार राजाको स्वागतमा योगी आदित्यनाथको फोटो स्वयम् प्रधानमन्त्री केपी ओलीज्यूको निर्देशनमा उहाँका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले राख्न लगाइएको पाइएको छ । नेपाली राष्ट्रिय झण्डासहितको स्वागत कार्यक्रमलाई असर पार्नका लागि यस्ता कुकर्म गर्न थालेछन्,’ उनले लेखेका छन् ।

सांसद शाहीले नेपालका कम्युनिष्टहरूले कार्ल माक्र्स, भ्यादिमिर लेलिन र माओ त्से तुङका तस्वीर राख्ने गरेको पनि सम्झएका छन् ।

‘विदेशीको एजेन्डामा र सिद्धान्तमा पार्टी चलाउनेहरुले ठूलो कुरा गरेको देख्दा अचम्म लाग्छ ? माक्र्स ,लेलिन, माओ कुन देशका हुन ?,’ उनले प्रश्न गरेका छन् ।

आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन विमानस्थलमा निकालिएको जुलुसमा आदित्यनाथको तस्वीर पनि देखिएको थियो । यसलाई लिएर गणतन्त्र पक्षधरहरूले आपत्ति जनाइरहेका छन् ।

राजावादीको र्‍यालीमा योगीको फोटो बोक्ने प्रदीपविक्रम राणा को हुन् ?

शाहीको फेसबुक स्टाटस :

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register