रुसमा गत वर्ष मात्रै एक हजार ७५ जनालाई ‘आतङ्कवादी’ अभियोगमा सजाय

मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार युक्रेन आक्रमणका क्रममा भएको व्यापक अभियोजनको सिलसिलामा गत वर्ष रुसी सैन्य अदालतहरूले एक हजारभन्दा बढी व्यक्तिलाई आतङ्कवादी आरोपमा सजाय सुनाएको बताएका छन् । रुसका गोप्य सैन्य अदालतहरूले पक्राउ परेका युक्रेनी सैनिकहरू, किभसँग काम गरेको वा मस्कोको सेनालाई तोडफोड गरेको आरोप लागेका रुसीहरू, क्रेमलिनका घरेलु विरोधीहरू र कथित कट्टरपन्थी […]

Feb 21, 2025 - 03:32
 0
रुसमा गत वर्ष मात्रै एक हजार ७५ जनालाई ‘आतङ्कवादी’ अभियोगमा सजाय

मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार युक्रेन आक्रमणका क्रममा भएको व्यापक अभियोजनको सिलसिलामा गत वर्ष रुसी सैन्य अदालतहरूले एक हजारभन्दा बढी व्यक्तिलाई आतङ्कवादी आरोपमा सजाय सुनाएको बताएका छन् ।

रुसका गोप्य सैन्य अदालतहरूले पक्राउ परेका युक्रेनी सैनिकहरू, किभसँग काम गरेको वा मस्कोको सेनालाई तोडफोड गरेको आरोप लागेका रुसीहरू, क्रेमलिनका घरेलु विरोधीहरू र कथित कट्टरपन्थी र आतङ्कवादी समूहहरूमाथि मुद्दा चलाउँछन् ।

‘आतङ्कवादी प्रकृतिका फौजदारी मुद्दाहरूको फैसला गर्न सैन्य अदालतहरूको महत्त्वपूर्ण भूमिका छ,’ रुसका शीर्ष न्यायाधीशहरूलाई सम्बोधन गर्दै पुटिनले भने, ‘गत वर्ष करिब नौ सय ५० यस्ता मुद्दाहरू हेरिएका थिए र एक हजार ७५ जनालाई सजाय दिइएको थियो ।’

रुसले नियमित रुपमा युक्रेन आक्रमणको विरोध गर्नेहरूका साथै पक्राउ परेका युक्रेनी सैनिकहरूलाई राजद्रोह र आतङ्कवादी आरोपमा सजाय दिने गर्छ ।

जेनेभा महासन्धिले युद्धबन्दीहरू (पीओडब्लू)लाई सशस्त्र कारबाहीमा भाग लिएको आरोपमा अभियोजन गर्न निषेध गर्छ ।

मस्कोले सन् २०२४ मार्चमा मस्को कन्सर्ट हलमा भएको नरसंहारपछि कथित जिहादी कक्षहरूलाई पनि लक्षित गरेको छ । इस्लामिक स्टेटले दाबी गरेको उक्त आक्रमणमा एक सय ४५ जनाको मृत्यु भएको थियो । घरेलु दमन सोभियत युगदेखि नै नदेखिएको स्तरको रहेको टिप्पणी छ ।

ओभीडी–इन्फो अधिकार समूहले हाल रुसी जेलमा ‘राजनीतिक कारण’का लागि एक हजार चार सय जनालाई पहिचान गरेको छ भने अभियोजकहरूले अन्य कुनै पनि आरोपभन्दा बढी ‘आतङ्कवाद’को आरोप प्रयोग गरेका छन् ।

यस्ता मुद्दाहरू सैन्य र नागरिक दुवै अदालतमा सुनुवाइ गरिन्छ । प्रायः बन्द इजलासमा, जसले दमनको वास्तविक मात्रा पत्ता लगाउन कठिन बनाउँछ ।

बिहीबार पुटिनले रुसी न्यायाधीशहरूको ‘समर्पण’को प्रशंसा गरे ।

उनले रुसले पूर्वी युक्रेनको कब्जामा रहेका भागहरूमा एक सय अदालत सिर्जना गरेको र पाँच सय ७० न्यायाधीश नियुक्त गरेको पनि बताए । त्यहाँ मस्कोले अज्ञात सङ्ख्यामा युक्रेनीहरूलाई सैन्य आक्रमणको विरोध गरेको आरोपमा जेल हालेको छ ।

‘तिनीहरू संयुक्त रुसी न्यायिक प्रणालीमा पूर्ण रूपमा एकीकृत छन्,’ रुसको सर्वोच्च अदालतकी प्रमुख इरिना पोड्नोसोभाले पुटिनलाई भनिन् । उनले युक्रेन अभियानका क्रममा सैन्य अदालतमा समग्र मुद्दाहरूमा तीव्र वृद्धि भएको बताइन् ।

सन् २०२२ मा रुसले कब्जा गरेको चार युक्रेनी क्षेत्रहरू–डोनेट्स्क, खेरसन, लुगान्स्क र जापोरिझ्जियामा रुसले स्थापना गरेको अदालतले युक्रेनीहरूलाई सजाय सुनाएको बारेमा थोरै मात्र थाहा छ ।

रुसी अदालतहरू न्यून सफाइ दरका लागि चिनिन्छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register