कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

भोजपुर। कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पौवादुङमा गाउँपालिका-६ बस्ने ४६ वर्षीय शान्त कुमार राईलाई घटनाको २४ वर्ष पछि प्रहरीले पक्राउ गरेको छ ।शान्त कुमारले २०५७ साउन १३ गते कुटपिट गर्दा गम्भीर घाइते भएका साविक ठुलोदुम्मा गाविस-८ बस्ने बिजय कुमार राईको जिल्ला अस्पताल भोजपुरमा उपचारको क्रममा साउन १८ गते मृत्यु भएको घटनामा संलग्न रही फरार रहेका […]

Mar 10, 2025 - 12:14
 0
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

भोजपुर

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पौवादुङमा गाउँपालिका-६ बस्ने ४६ वर्षीय शान्त कुमार राईलाई घटनाको २४ वर्ष पछि प्रहरीले पक्राउ गरेको छ ।
शान्त कुमारले २०५७ साउन १३ गते कुटपिट गर्दा गम्भीर घाइते भएका साविक ठुलोदुम्मा गाविस-८ बस्ने बिजय कुमार राईको जिल्ला अस्पताल भोजपुरमा उपचारको क्रममा साउन १८ गते मृत्यु भएको घटनामा संलग्न रही फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले आइतबार पक्राउ गरेको हो ।

उनलाई तोकिएको कैद सजाय भुक्तानको लागि जिल्ला कारागार भोजपुर पठाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register