बाबुराम भट्टराईको फेसबुक पेज ह्याक

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको फेसबुक पेज ह्याक भएको छ । अनधिकृत समूहले १५ लाख फलोअर्स भएको पेज ह्याक गरी अनावश्यक तथा भ्रामक टिप्पणी गरेको भट्टराईको सचिवालयले जनाएको छ । सचिवालयले भन्यो, “डा. बाबुराम भट्टराईज्यूको आधिकारिक फेसबुक पेज “म्चDr. Baburam Bhattarai” ह्याक गरी अनधिकृत समूहले अनावश्यक तथा भ्रामक टिप्पणीहरू गरेका छन् । हाल […]

Mar 11, 2025 - 07:36
 0
बाबुराम भट्टराईको फेसबुक पेज ह्याक

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको फेसबुक पेज ह्याक भएको छ ।

अनधिकृत समूहले १५ लाख फलोअर्स भएको पेज ह्याक गरी अनावश्यक तथा भ्रामक टिप्पणी गरेको भट्टराईको सचिवालयले जनाएको छ ।

सचिवालयले भन्यो, “डा. बाबुराम भट्टराईज्यूको आधिकारिक फेसबुक पेज “म्चDr. Baburam Bhattarai” ह्याक गरी अनधिकृत समूहले अनावश्यक तथा भ्रामक टिप्पणीहरू गरेका छन् । हाल उहाँको आईटी टीम उक्त पेजको सुरक्षा प्रणालीलाई पुनःस्थापित गर्ने कार्यमा जुटिरहेको छ । यसै सन्दर्भमा, डा. भट्टराईसम्बन्धी भ्रामक समाचारहरूमा विश्वास नगर्न सबैमा आग्रह गरिन्छ ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register