लागूऔषध सहित १५ पक्राउ

झापा, २७ फागुन । मोरङ, सुनसरी, झापा र उदयपुरको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागूऔषध सहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन २६ गते वडा प्रहरी कार्यालय भद्रपुर र लागु औषध नियन्त्रण ब्यूरो काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापा नगरपालिका-५ स्थितमा चेकजाँचको क्रममा झापा हल्दिबारी गाँउपालिका-१ का ३० का तोयनाथ वास्कोटा, २२ बर्षीय निश्चल खत्रीलाई १ [...] The post लागूऔषध सहित १५ पक्राउ appeared first on Jhapa Online.

Mar 11, 2025 - 08:37
 0
लागूऔषध सहित १५ पक्राउ

झापा, २७ फागुन । मोरङ, सुनसरी, झापा र उदयपुरको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागूऔषध सहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

फागुन २६ गते वडा प्रहरी कार्यालय भद्रपुर र लागु औषध नियन्त्रण ब्यूरो काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापा नगरपालिका-५ स्थितमा चेकजाँचको क्रममा झापा हल्दिबारी गाँउपालिका-१ का ३० का तोयनाथ वास्कोटा, २२ बर्षीय निश्चल खत्रीलाई १ ग्राम २४० मिलिग्राम ब्राउन सुगर सहित र पाँचथर फिदिम नगरपालिका-४ का २० बर्षीय पारस राजवंशीलाई ४ ग्राम ०९ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

यसैगरी मोरङको बेलबारी नगरपालिका-११ स्थितमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समुह र प्रहरी चौकी डाँगिहाटबाट खटिएको प्रहरी टोलिले चेकजाँचको सुन्दरहरैचा-११ का ३५ बर्षीय फिरोज राईलाई ६९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ, भने इलाका प्रहरी कार्यालय रानीले चेकजाँचको क्रममा उर्लाबारी -७ का २३ बर्षीय अशोक भुजेललाई-६० एम्पुल प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ । सोही दिन सुनसरीको कोशी गाउँपालिका-८ बाट इलाका प्रहरी कार्यलाय भण्टाबारीले सप्तरी कञ्चनरुप नगरपालिका-७ का २६ बर्षीय राजन ठाकुरलाई SPASMO-PROXYVON PTDS ३२ ,क्यापसुल NITZASCAN-10- ९ ट्याब्लेट र गाँजा ५० ग्राम सहित पक्राउ गरेको छ ।

फागुन २७ गते राती वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलिले धरान-५ का ५३ बर्षीय प्रेम बहादुर लिम्बु, १९ बर्षीय निकेश लिम्बु, १९ बर्षीया रेजिना खत्री, १९ बर्षीय सुर्य लिम्बु लाई ट्रामाडोल -३ हजार २ सय ९० नब्बे ट्याब्लेट, स्पासपेन-६ सय २ चक्की प्रतिबन्धित औषधी सहित नियन्त्रणमा लिएको हो ।

यसैगरी उदयपुरको प्रहरी चौकी लालपत्ताले चेकजाँचको क्रममा त्रियुगा नगरपालिका-१२ का २६ बर्षीय ललित चौधरी र २५ बर्षीय बिदायक राईलाई लागू औषध ३०एम्पुल सहित पक्राउ गरेको छ ।

यसैगरी इलाका प्रहरी कार्यालय कटारीले धनुषाको धनुषाधाम-५ का ३५ बर्षय शम्भु कुमार साह र महोत्तरी मनरा सिसुवा-१ का ४० बर्षीय दिलिप भुजेललाई टापेन्डाडोल २५१०, स्पास्पेन २४६० र क्याफ डि ३२० ट्रयाव्लेट सहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले त्रियुगा नगापालिका-१२ का २२ बर्षीय अर्जुन रोक्कालाई ६९ ट्यावलेट लागुऔषध सहित पक्राउ गरेको छ ।

The post लागूऔषध सहित १५ पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register