विशाल बजार कम्पनीको साधारण सभा रोक्न अदालतको आदेश !  

काठमाडौँ । विशाल बजार कम्पनीको साधारण सभा रोक्न अदालतले आदेश दिएको छ । मंगलबार उच्च अदालत पाटनले कम्पनी साधारण सभा रोक्न आदेश दिएको हो ।  अदालतका न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र ऋषि राजभण्डारीको संयुक्त इजलासले फागुन २८ गतेका लागि तोकिएको कम्पनीको साधारण सभा रोक्न आदेश दिएको छ । विशाल बजार कम्पनीको सेयरधनी सुनिल कुमार शाक्यसहित ११ […]

Mar 11, 2025 - 12:51
 0
विशाल बजार कम्पनीको साधारण सभा रोक्न अदालतको आदेश !  

काठमाडौँ । विशाल बजार कम्पनीको साधारण सभा रोक्न अदालतले आदेश दिएको छ । मंगलबार उच्च अदालत पाटनले कम्पनी साधारण सभा रोक्न आदेश दिएको हो । 

अदालतका न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र ऋषि राजभण्डारीको संयुक्त इजलासले फागुन २८ गतेका लागि तोकिएको कम्पनीको साधारण सभा रोक्न आदेश दिएको छ ।

विशाल बजार कम्पनीको सेयरधनी सुनिल कुमार शाक्यसहित ११ जना सेयरधनीले साधारण सभा लगानीकर्ताको हित र कानून विपरीत भएको भन्दै उच्च अदालतमा मुद्दा दायर गरेका थिए । सोही मुद्दाको सुनुवाइ गर्दै अदालतले साधारण सभा प्रयोजनका लागि कम्पनीले निकालेको सूचना कार्यान्वयन नगर्न कम्पनीका नाममा आदेश जारी गरेको छ ।

त्यस्तै, अदालतले निवेदकले माग गरेका अनुसार हुनु नपर्ने भए १५ दिनभित्र कारण खुलाउन पनि कम्पनीका नाममा आदेश जारी गरेको छ । सेयर बजारमा सबैभन्दा धेरै बजार पूँजीकरण भएको विशाल बजार कम्पनीले विगत १० आर्थिक वर्षदेखि साधारण सभा गर्न सकेको छैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register