गृहमन्त्री लेखकबारे सामाजिक सञ्जाल र मिडियामा आएका समाचार भ्रामक हुन्: मन्त्रालय
काठमाडौँ । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयसँग सम्बन्धित घटनालाई लिएर गृहमन्त्री रमेश लेखकबारे सञ्चार माध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएका समाचारहरू भ्रामक, कपोकल्पित र आधारहीन भएको दाबी गरेको छ । शनिबार मन्त्रालयका सहसचिव छवि रिजालले जारी गरेको प्रेस विज्ञप्तिमा मन्त्रालयको नेतृत्वलाई जोडेर आएका समाचारबार खण्डन गर्दै यस्ता समाचारप्रति दुःख व्यक्त गर्दै सत्यतथ्य मात्र प्रकाशन गर्न आग्रह गरिएको छ । विज्ञप्तिमा भनिएको छ, “विगत केही दिनयता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ...

What's Your Reaction?






