नोट छाप्न राष्ट्र बैंकको छनोटमा परे ६ विदेशी कम्पनी 

काठमाडौँ । नेपाल राष्ट्र बैंकले नोट छाप्नका लागि ६ कम्पनी छनोट गरेको छ । राष्ट्रले चलनचल्तीका नोट छाप्न पहिलो चरणमा ६ कम्पनी छनोट गरेको हो । राष्ट्र बैंकको छनोटमा पर्नेमा चीनको चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेशन, बेलायतको डि लारुउ इन्टरनेशनल, जर्मनको गिसिक डेभ्रियन्ट करेन्सी टेक्नोलोजी, रसियाको जोइन्ट स्टक कम्पनी, फ्रान्सको अबरथर फिड्युसरी र […]

Mar 12, 2025 - 11:06
 0
नोट छाप्न राष्ट्र बैंकको छनोटमा परे ६ विदेशी कम्पनी 

काठमाडौँ । नेपाल राष्ट्र बैंकले नोट छाप्नका लागि ६ कम्पनी छनोट गरेको छ । राष्ट्रले चलनचल्तीका नोट छाप्न पहिलो चरणमा ६ कम्पनी छनोट गरेको हो ।

राष्ट्र बैंकको छनोटमा पर्नेमा चीनको चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेशन, बेलायतको डि लारुउ इन्टरनेशनल, जर्मनको गिसिक डेभ्रियन्ट करेन्सी टेक्नोलोजी, रसियाको जोइन्ट स्टक कम्पनी, फ्रान्सको अबरथर फिड्युसरी र पोल्याण्डको पोलिस सेक्युरिटिज प्रिन्टिङ रहेका छन् ।

छनोटमा परेको यी कम्पनीहरुले आगामी दुई वर्षसम्म हरेक पटकको छपाइको बोलकबोल प्रक्रियामा प्रतिस्पर्धा गर्न सक्नेछन् । दुई दुई वर्षमा जुनजुन नोट छाप्नुपर्ने हुन्छ, त्यसका लागि राष्ट्र बैंकले टेन्डर आह्वान गर्छ । 

यस्तो टेन्डर प्रक्रियामा छनोटमा परेको यी ६ वटै कम्पनीले भाग लिन पाउनेछन् । टेन्डरमा सबैभन्दा कम रकममा नोट छाप्न तयार हुने कम्पनीले नोट छाप्ने टेन्डर पाउनेछ । हाल नेपाली बजारमा ६ खर्ब ४० अर्ब बराबरका नोट चलनचल्तीमा रहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register