आलमलाई सफाई दिने न्यायाधीशलाई कालोमोसो

वीरगञ्ज, २९ जेठ । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा कार्यरत न्यायाधीशद्वय डा। खुसीराम थारु र अर्जुन महर्जनमाथि आज अपराह्न अदालतमै कालोमोसो प्रहार गरिएको छ । इँटाभट्टा काण्डका मुख्य आरोपी एवं पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई सफाइ दिएको फैसलाको विरोधमा नेपाल कम्युनिस्ट पार्टी ९बहुमत० का कार्यकर्ताले न्यायाधीश थारु र महर्जन माथि कालोमोसो प्रहार गरेको हुन् । [...] The post आलमलाई सफाई दिने न्यायाधीशलाई कालोमोसो appeared first on Jhapa Online.

Jun 12, 2025 - 17:13
 0
आलमलाई सफाई दिने न्यायाधीशलाई कालोमोसो

वीरगञ्ज, २९ जेठ । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा कार्यरत न्यायाधीशद्वय डा। खुसीराम थारु र अर्जुन महर्जनमाथि आज अपराह्न अदालतमै कालोमोसो प्रहार गरिएको छ ।

इँटाभट्टा काण्डका मुख्य आरोपी एवं पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई सफाइ दिएको फैसलाको विरोधमा नेपाल कम्युनिस्ट पार्टी ९बहुमत० का कार्यकर्ताले न्यायाधीश थारु र महर्जन माथि कालोमोसो प्रहार गरेको हुन् ।

अदालतको इजलास चलिरहेका बेला अचानक इजलासभित्रै प्रवेश गरेका कार्यकर्ताले कालोमोसो प्रहार गरेपछि अदालत परिसरमा आतङ्क मच्चिएको थियो । घटनापछि सुरक्षाकर्मीले तुरुन्त इजलास क्षेत्र नियन्त्रणमा लिएको थियो ।

कालोमोसो प्रहार गर्नेहरूमा नेकपा बहुमतका प्युठानका केन्द्रीय सदस्य किशोर कुँवर ९अविनाश०, सर्लाहीका पदम बहादुर मगर, र सिरहाका गर्भु महतो रहेको प्रहरीले जनाएको छ । समूहको नेतृत्व धर्मेन्द्र बास्तोलाले गरेका थिए ।

पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले न्यायाधीशद्वय थारु र महर्जन नियमित पेशी सञ्चालन गरिरहेको बेला इजलास नम्बर २ मा कालोमोसो प्रहार गरिएको र प्रारम्भिक अनुसन्धानबाट घटना योजनाबद्ध रहेको पुष्टि भएको बताउनुभयो ।

घटनापछि कालोमोसो प्रहार गर्ने तीनैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरिनुको साथै अदालत परिसरको सुरक्षा व्यवस्थामा कडाइ बनाइएको छ ।

The post आलमलाई सफाई दिने न्यायाधीशलाई कालोमोसो appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register