पाकिस्तानमा रेल अपहरणमा परेकामध्ये एक सय ९० यात्रुको उद्धार , २७ लडाकु मारिए

काठमाडौँ।  पाकिस्तानको बलुचिस्तान प्रान्तमा सशस्त्र लडाकुहरूले एउटा यात्रुवाहक रेलमा आक्रमण गरी बन्धक बनाएकामध्ये कम्तीमा एक सय ९०  जना मुक्त भएको  सुरक्षा अधिकारीहरूले बताएका छन् । अहिलेसम्म १ सय ९०  जना यात्रुको उद्धार भएको र सुरक्षा बलको कारबाहीमा २७ जना लडाकु मारिएका सेनालाई उद्धृत गर्दै बीबीसी  जनाएको छ । उद्धार हुनेहरूमध्ये केही व्यक्ति घाइते छन्। उनीहरूलाई […]

Mar 12, 2025 - 14:51
 0
पाकिस्तानमा रेल अपहरणमा परेकामध्ये एक सय ९० यात्रुको उद्धार , २७ लडाकु मारिए

काठमाडौँ। 

पाकिस्तानको बलुचिस्तान प्रान्तमा सशस्त्र लडाकुहरूले एउटा यात्रुवाहक रेलमा आक्रमण गरी बन्धक बनाएकामध्ये कम्तीमा एक सय ९०  जना मुक्त भएको  सुरक्षा अधिकारीहरूले बताएका छन् ।

अहिलेसम्म १ सय ९०  जना यात्रुको उद्धार भएको र सुरक्षा बलको कारबाहीमा २७ जना लडाकु मारिएका सेनालाई उद्धृत गर्दै बीबीसी  जनाएको छ । उद्धार हुनेहरूमध्ये केही व्यक्ति घाइते छन्। उनीहरूलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।बन्धकहरूलाई मुक्त गर्न सुरक्षा कारबाही जारी छ। सो अभियानमा सयौँ सुरक्षाकर्मीहरू परिचालित छन्। उनीहरूले हेलिकप्टर पनि प्रयोग गरेका छन्।

 लडाकुहरूले हिजो क्वेटाबाट पेशावर जान लागेको जफर एक्स्प्रेस रेलमा गोली प्रहार गर्दै यात्रुहरूलाई अपहरण गरेका थिए । उक्त रेलमा ४०० जनाभन्दा बढी यात्रु चढेको बताइएको छ। उक्त पृथक्तावादी समूहले रेलमा धावा बोल्नुअघि पहाडी भेगमा अवस्थित सिबी जिल्लामा रेलको पटरीमा आफूले बम आक्रमण गरेको र रेल नियन्त्रणमा लिएको दाबी गरेको थियो।

रेलमा अब कति बन्धक बाँकी छन् भन्ने स्पष्ट छैन। सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै केही सञ्चारमाध्यमले उक्त रेलबाट केही लडाकुहरू बाहिर गइसकेको विवरण प्रकाशित गरेका छन्।

पाकिस्तानी सेनाका एक वरिष्ठ अधिकारीले बीबीसीसँग कुरा गर्दै उक्त रेलमा १०० भन्दा बढी सैनिक चढेको पुष्टि गरेका छन्।

उक्त क्षेत्रमा रेलसेवा स्थगित गरिएको छ।

बीएलए पाकिस्तानको सत्तालाई चुनौती दिने विद्रोही सङ्गठन हो । यो समूहले बलुचिस्तानको स्वतन्त्रता माग गर्दै आएको छ ।

-बीबीसी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register