शिवसताक्षीमा ९० वर्षीया धनमाया राईको घर जलेर नष्ट

झापा, २८ फागुन । झापा शिवसताक्षी नगरपालिका–७ मा आगलागी हुँदा सोही स्थानकी ९० वर्षीया धनमाया राईको घर जलेर नष्ट भएको छ । बासको बेरा टिनको छानोले बनेको एक तले कच्ची घरमा आगलागी हुँदा करिब चार लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आज दिउँसो घरको छेउमा सुंगुरको चारो पकाउन बालेको [...] The post शिवसताक्षीमा ९० वर्षीया धनमाया राईको घर जलेर नष्ट appeared first on Jhapa Online.

Mar 12, 2025 - 15:41
 0
शिवसताक्षीमा ९० वर्षीया धनमाया राईको घर जलेर नष्ट

झापा, २८ फागुन । झापा शिवसताक्षी नगरपालिका–७ मा आगलागी हुँदा सोही स्थानकी ९० वर्षीया धनमाया राईको घर जलेर नष्ट भएको छ ।

बासको बेरा टिनको छानोले बनेको एक तले कच्ची घरमा आगलागी हुँदा करिब चार लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आज दिउँसो घरको छेउमा सुंगुरको चारो पकाउन बालेको आगोबाट अचानक आगलागी हुँदा उक्त घरभित्र रहेको खाट, टेबल, खाद्यान्न, सामान, लत्ता कपडा, कागजपत्र र नगद १३ हजार रुपैयाँसहित घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगो नेपाल प्रहरी, स्थानीयबासी र शिवसताक्षी नगरपालिकाको दमकलको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा आएको थियो ।

The post शिवसताक्षीमा ९० वर्षीया धनमाया राईको घर जलेर नष्ट appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register