होलीले भरिरहेको व्यापारीको झोली (तस्विरहरु)

काठमाडौँ । रङ्गहरुको पर्व होली सुरु भएसँगै बजारमा चहलपहल बढेको छ । आज उपत्यका लगायत पहाडी क्षेत्रमा होली मनाइँदैछ भने तराईमा शुक्रबार मनाइने गरिएको छ । होली सुरु भएसँगै राजधानीको असन क्षेत्रमा किनमेल गर्नेको भिड लागेको छ । असन र इन्द्रचोकका गल्लीहरूमा होलीका रङ्ग, टिसर्ट, कुर्ता, वाटर गन, र पानीका गुब्बाराहरू किन्नेहरू देखिन्छन् । व्यापारीहरू […]

Mar 13, 2025 - 03:17
 0
होलीले भरिरहेको व्यापारीको झोली (तस्विरहरु)

काठमाडौँ । रङ्गहरुको पर्व होली सुरु भएसँगै बजारमा चहलपहल बढेको छ । आज उपत्यका लगायत पहाडी क्षेत्रमा होली मनाइँदैछ भने तराईमा शुक्रबार मनाइने गरिएको छ । होली सुरु भएसँगै राजधानीको असन क्षेत्रमा किनमेल गर्नेको भिड लागेको छ ।

असन र इन्द्रचोकका गल्लीहरूमा होलीका रङ्ग, टिसर्ट, कुर्ता, वाटर गन, र पानीका गुब्बाराहरू किन्नेहरू देखिन्छन् । व्यापारीहरू ग्राहक बोलाइरहेका छन्, कोही रङ्ग छान्दै छन्, कोही मोलमोलाइ गर्दै छन् ।

सडकभर चहलपहल छ, होलीको माहोल झल्किएको छ । होली खेल्दा लगाइने लुगा बच्चाको जोडीको ३०० र ठूलोको जोडीको ४०० मा बिक्री भइरहेको छ भने त्यस्तै पानी हालेर खेल्ने पिचकारी ५० रुपैयाँदेखि १५०० सम्म बिक्री भइरहेको रङको प्याकेटको २० रुपैयाँदेखि २०० रुपैयाँ पर्ने व्यापारीहरु बताउँछन् । बाँकी तस्विरमा हेर्नुहोस्ः 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register