विदेशी जासुसको हनी ट्र्यापमा परे चिनियाँ गुप्तचर
काठमाडौं । एकजना चिनियाँ गुप्तचर संस्थाका कर्मचारी विदेशी जासुसको हनी ट्र्यापमा परेका छन । हनी ट्र्यापमा परेका ती चिनियाँ अधिकारीले गोप्य सूचना पनि विदेशी जासुसुलाई दिएको बताइएको छ । चीनको राज्य सुरक्षा मन्त्रालयअनुसार जागं थर गरेका चिनियाँ गुप्तचर कर्मचारी विदेशी जासुस महिलाको हनी ट्र्यापमा परेका हुन् । कसरी परे हनी ट्र्यापमा ? विदेशमा कार्यरत चिनियाँ […]

काठमाडौं । एकजना चिनियाँ गुप्तचर संस्थाका कर्मचारी विदेशी जासुसको हनी ट्र्यापमा परेका छन । हनी ट्र्यापमा परेका ती चिनियाँ अधिकारीले गोप्य सूचना पनि विदेशी जासुसुलाई दिएको बताइएको छ ।
चीनको राज्य सुरक्षा मन्त्रालयअनुसार जागं थर गरेका चिनियाँ गुप्तचर कर्मचारी विदेशी जासुस महिलाको हनी ट्र्यापमा परेका हुन् ।
कसरी परे हनी ट्र्यापमा ?
विदेशमा कार्यरत चिनियाँ कर्मचारी बारम्बार आलिसान होटलमा जाने गर्थे । त्यसरी होटलमा जाने क्रममा ती चिनियाँ कर्मचारीको ली थर गरेकी एक महिलासँग भेट भयो । ली को सौन्दर्यले मोहित भएका चिनियाँ कर्मचारीले महिलालाई रक्सी खान अफर गरे । ती जासुस महिलाले आफू व्यापारिक एशोसिएसनको सदस्य भएको बताउने गर्थिन् ।
चिनियाँ कर्मचारीले रक्सी खान अफर गरेपछि उनीहरुबीच नियमित कुराकानी हुन थाल्यो । र, यही क्रममा ती महिलाले चिनियाँ कर्मचारीलाई एउटा गोप्य स्थानमा बोलाइन् । साउथ चाईना मोर्निगं पोष्टको समाचार अनुसार यो हनी ट्र्यापको खेलमा यौन सम्बन्धको पनि प्रयोग गरिएको थियो ।
चिनियाँ कर्मचारी महिलाले बोलाएको गोप्य स्थानमा पुगे । त्यहाँ पुग्ने बित्तिकै चिनियाँ कर्मचारीलाई स्थानीय प्रहरीले पक्राउ गर्यो । त्यसपछि उनले ती महिलालाई फोन गरेर आफू पक्राउ परेको सुनाए । अनि ती महिला र उनका कथित दाइले चिनियाँ कर्मचारीलाई प्रहरीको पञ्जाबाट मुक्त गराए ।
चीन सरकारअनुसार यतिञ्जेलसम्म चिनियाँ कर्मचारी हनी ट्र्यापमा परिसकेका थिए । उनले रक्सी खान अफर गरेको, च्याट गरेको, वेश्यावृतिको आरोपमा पक्राउ परेसम्मको सबै घटनाको ती महिलाले गोप्य तवरमा भिडिओ बनाएकी थिइन् ।
यही भिडिओ सार्वजनिक गर्दिने धम्की दिएर ती महिला र उनका कथित दाइले चिनियाँ कर्मचारीलाई ‘ब्ल्याकमेल’ गर्न सुरु गरे ।
भिडिओ सार्वजनिक हुने डरले गर्दा चिनियाँ कर्मचारी ती महिला र उनका कथित दाइलाई चीन सरकारका गोप्य सूचना दिन थाले । चीन सरकारका अनुसार चिनियाँ कर्मचारीले ‘फोटो, भिडिओ, टेक्स्ट’ तीन वटै फर्म्याटमा गोप्य सूचना दिन सुरु गरे । र, यसरी सूचना दिएको बदलामा उनले पैसा पाउन थाले ।
विदेशमा आफ्नो कार्यकाल सकेर फर्किने बेला चिनियाँ कर्मचारीले विदेशी गुप्तचर एजेन्सीसँग एउटा गोप्य सम्झौता गरे । त्यो सम्झौतामा उनले चीनबाट पनि यस्तै गोप्य सूचना पठाउने वाचा गरेको चिनियाँ सञ्चार माध्यमले बताएका छन् । चीन ओर्लेसँगै ती कर्मचारी पक्राउ परे । उनीमाथि कारबाही सुरु गरिएको छ ।
चीन सरकारले विदेश जाने आफ्ना विद्यार्थी, कर्मचारी र गुप्तचर एजेन्सीका मान्छेलाई यस्ता जासुसबाट टाढै रहन आग्रह गर्दै आएको छ । चीन सरकारले विदेशमा महिलासँग दूरी बनाउन बारम्बार अनुरोध गर्दै आएको छ ।
सन् २०२४ को जनवरीमा चीन सरकारको गुप्तचर एजेन्सीका उच्च अधिकारी पनि यसैगरी महिलाको पछि लागेर हनी ट्र्यापमा परेका थिए । चीन सरकारका अनुसार ती चिनियाँ कर्मचारीले त दशकौंदेखिका गोप्य सूचना राखिएको ल्यापटप नै विदेशी गुप्तचर एजेन्सीकी महिलालाई बुझाएका थिए ।
What's Your Reaction?






