काठमाडौं उपत्यकासँगै आसपासका जिल्लामा छिटपुट वर्षा

काठमाडौं । काठमाडौं उपत्यका र आसपासका जिल्लाहरूमा शनिबार छिटपुट वर्षा भएको छ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आङ्शिक प्रभाव रहेकाले छिटपुट वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मोरङमा १४ दशमलव आठ मिलिमिटर वर्षा भएको छ । झापाको बाहुनडाँगीलगायत स्थानमा सात दशमलव चार, इलाममा सात दशमलव […]

Mar 9, 2025 - 01:15
 0
काठमाडौं उपत्यकासँगै आसपासका जिल्लामा छिटपुट वर्षा

काठमाडौं । काठमाडौं उपत्यका र आसपासका जिल्लाहरूमा शनिबार छिटपुट वर्षा भएको छ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आङ्शिक प्रभाव रहेकाले छिटपुट वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मोरङमा १४ दशमलव आठ मिलिमिटर वर्षा भएको छ । झापाको बाहुनडाँगीलगायत स्थानमा सात दशमलव चार, इलाममा सात दशमलव चार, खोटाङमा तीन, दोलखामा एक दशमलव दुई, सोलुखुम्बुमा एक दशमलव तीन, सिन्धुपाल्चोकमा एक दशमलव दुई मिलिमिटर वर्षा भएको छ ।

काठमाडौं उपत्यकामा साँझ छिटपुट वर्षा हुँदा चिसो बढेको थियो । महाखाशाका अनुसार देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

वर्षाको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आङ्शिक प्रभाव पर्नसक्ने हुँदा त्यसबाट हुने असरबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउनुहुन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register