कुमारी बैंकको ३१ हजार ९ सय २८ कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौँ । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले जेठ २५ गतेदेखि आफ्नो संस्थापक सेयरधनीको नाममा रहेको ३१ हजार ९ सय २८ कित्ता सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयरमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयरको मूल्य भने बिक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख छ । सेयर खरिद […]

Jun 8, 2025 - 07:39
 0
कुमारी बैंकको ३१ हजार ९ सय २८ कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौँ । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले जेठ २५ गतेदेखि आफ्नो संस्थापक सेयरधनीको नाममा रहेको ३१ हजार ९ सय २८ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयरको मूल्य भने बिक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख छ ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आगामी ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।

सो समयमा हाल कायम संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register