१७२ जना यात्रु चढेको अमेरिकी एयरलाइन्सको विमानमा आगलागी

काठमाडौं । अमेरिकाको डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी एयरलाइन्सको विमानको एउटा इन्जिनमा आगो लागेको छ । १७२ यात्रु र छ जना चालक दलका सदस्यहरू लिएर कोलोराडो स्प्रिंग्सबाट डलास-फोर्ट वर्थ जाँदै गरेको अमेरिकन एयरलाइन्सको विमानमा चालक दलले ‘इन्जिन कम्पन’ रिपोर्ट गरेपछि अवतरण गरेको थियो । अवतरणपछि र गेटमा ट्याक्सी चढ्ने क्रममा एउटा इन्जिनमा आगो लागेको बताएको छ […]

Mar 14, 2025 - 05:10
 0
१७२ जना यात्रु चढेको अमेरिकी एयरलाइन्सको विमानमा आगलागी

काठमाडौं ।

अमेरिकाको डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी एयरलाइन्सको विमानको एउटा इन्जिनमा आगो लागेको छ ।

१७२ यात्रु र छ जना चालक दलका सदस्यहरू लिएर कोलोराडो स्प्रिंग्सबाट डलास-फोर्ट वर्थ जाँदै गरेको अमेरिकन एयरलाइन्सको विमानमा चालक दलले ‘इन्जिन कम्पन’ रिपोर्ट गरेपछि अवतरण गरेको थियो । अवतरणपछि र गेटमा ट्याक्सी चढ्ने क्रममा एउटा इन्जिनमा आगो लागेको बताएको छ ।

डेनभर अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ताले विमान गेट सी ३८ मा आइपुग्दा आगो लागेको बताएका छन् ।

घटनास्थलका तस्बिरहरूले धुवाँ हावा भरिएको अवस्थामा दर्जनौं यात्रुहरू विमानबाट बाहिर निस्किरहेको र पखेटामा उभिरहेको देखिएको छ । घटनामा छ जना यात्रुहरूलाई अस्पताल लगिएको बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register