जनकपुरधाममा होलीका सामग्री किन्नेको भीड, व्यापारी उत्साही (तस्वीरहरू)
जनकपुरधाम । तराई–मधेसका अधिकाङ्श ठाउँमा आज (शुक्रबार) फागु पूर्णिमा (होली) पर्व मनाइँदैछ । जनकपुरधाम र आसपासका क्षेत्रमा भने आज मिथिला परिक्रमा सकिएकाले शनिबार मात्रै होली मनाइँदै छ । जनकपुरधामका पसलहरूबाट विभिन्न रङ, अबिर ,बेलुन, पिचकारी तथा होलीसँग सम्बन्धित टि–सर्ट र कुर्ता तथा होलीका अन्य सामग्री किन्नेको भीड देखिएको छ । साथै महेन्द्रनगर, ढल्केवर, वीरेन्द्रबजारलगायत धनुषाका […]

जनकपुरधाम । तराई–मधेसका अधिकाङ्श ठाउँमा आज (शुक्रबार) फागु पूर्णिमा (होली) पर्व मनाइँदैछ । जनकपुरधाम र आसपासका क्षेत्रमा भने आज मिथिला परिक्रमा सकिएकाले शनिबार मात्रै होली मनाइँदै छ ।
जनकपुरधामका पसलहरूबाट विभिन्न रङ, अबिर ,बेलुन, पिचकारी तथा होलीसँग सम्बन्धित टि–सर्ट र कुर्ता तथा होलीका अन्य सामग्री किन्नेको भीड देखिएको छ ।
साथै महेन्द्रनगर, ढल्केवर, वीरेन्द्रबजारलगायत धनुषाका मुख्य बजारसँगै अन्य ग्रामीण बजारमा पनि होलीका सामान किन्नेको भीड लागेको हो ।
होलीका लागि आवश्यक सामग्री किन्न प्राय: सबै बजारका चोकमा अस्थायी रुपमा फुटफाटमा पसल थापेर मेला लाग्ने गरेको छ । यस्ता बजारमा विशेषगरी बालबालिका पिचकारी र पानी भर्ने बेलुन किन्न व्यस्त देखिएका छन् ।
क्षीरेश्वरनाथ नगरपालिका– ५ महेन्द्रनगर बजारमा रङ बेच्न बसेका स्थानीय दीपेन्द्र मण्डलले ३० हजार रुपैयाँका होलीमा सामग्री ल्याएको यसबाट ५० हजार जतिको व्यापार भएको बताए । यसबाट २० हजार रुपैयाँ नाफा भएको उनले सुनाए ।
अर्का व्यापारी रमेश गुप्ताले होली लेखिएको भेस्ट, कुर्तालगायत लुगाको राम्रो व्यापार भइरहेको बताए ।
पछिल्लो समय होली पर्वको लोकप्रियता बढेकाले रङ र अबिरको व्यापार पनि बढेको फुटकर व्यापारीहरूको भनाइ छ । ‘होली खेल्दै रमाउँदै व्यापार पनि हुने भएकाले रमाइलो सहसुस हुन्छ,’ व्यापारी राधेश्याम गुप्ताले भने ।
मिथिलाको होलीले अन्यत्र पनि चर्चामा छ । यसले गर्दा होलीका दिन सयाैँ युवायुवती होली खेल्न यहाँ आउने गरेका छन् । विदेशी पर्यटकहरूसमेत यहाँ होली खेलेर रमाउने गरेका छन् ।
What's Your Reaction?






