‘विद्युत प्राधिकरणको खातामा १ रुपैयाँ पनि छैन, महँगो परे पनि १० अर्ब ऋण लिने तयारीमा छौँ’- हितेन्द्रदेव शाक्य

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले श्वेतपत्र जारी गरेको छ । शुक्रबार प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले श्वेतपत्र जारी गरेका हुन् । शाक्यले जारी गरेको श्वेतपत्र अनुसार विद्युत प्राधिकरणको खातामा एक रुपैयाँ पनि मौज्दात नरहेको देखाइएको छ । खातामा पैसा नै नभएपछि उनले १० अर्ब रुपैयाँ अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाइने बताएका छन् । शाक्यले […]

May 2, 2025 - 10:40
 0
‘विद्युत प्राधिकरणको खातामा १ रुपैयाँ पनि छैन, महँगो परे पनि १० अर्ब ऋण लिने तयारीमा छौँ’- हितेन्द्रदेव शाक्य

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले श्वेतपत्र जारी गरेको छ । शुक्रबार प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले श्वेतपत्र जारी गरेका हुन् ।

शाक्यले जारी गरेको श्वेतपत्र अनुसार विद्युत प्राधिकरणको खातामा एक रुपैयाँ पनि मौज्दात नरहेको देखाइएको छ । खातामा पैसा नै नभएपछि उनले १० अर्ब रुपैयाँ अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाइने बताएका छन् ।

शाक्यले १० अर्ब ऋण लिनका लागि सरकारलाई पत्र समेत पठाइसकेको बताएका छन् । अर्थमन्त्रालयले ऋण लिन स्वीकृति प्रदान गरेपछि प्राधिकरणले १० अर्ब ऋण लिने प्रक्रिया अघि बढाउने शाक्यले बताएका छन् ।

शुक्रबार सार्वजनिक श्वेतपत्र अनुसार विद्युत प्राधिकरण ५ अर्ब २६ करोड रुपैयाँ सञ्चित नोक्सानीमा छ । प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ हुँदा आर्थिक वर्ष २०८०÷८१ सम्म प्राधिकरणको कुल सञ्चित नाफा करिब ४६ अर्ब ४७ करोड रहेको दाबी गरिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register