आइतबार २१.६३ अंकले घट्यो नेप्से परिसूचक, बजार २७१४.८५ बिन्दुमा

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आइतबार नेप्से परिसूचक २१.६३ अंकले घटेर २७१४.८५ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३१६ कम्पनीको १ करोड ३९ लाख ७४ हजार ४५२ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ६ अर्ब ८३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै […]

Mar 16, 2025 - 09:35
 0
आइतबार २१.६३ अंकले घट्यो नेप्से परिसूचक, बजार २७१४.८५ बिन्दुमा

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आइतबार नेप्से परिसूचक २१.६३ अंकले घटेर २७१४.८५ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३१६ कम्पनीको १ करोड ३९ लाख ७४ हजार ४५२ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ६ अर्ब ८३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको ५८ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् भने ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

नेपाली सेयर बजारको थप विवरण पाउन र मार्केट डेप्थ हेर्न अर्थ सरोकार डटकमको सेयर बजार पोर्टल हेर्न सकिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register