सेयर बजारमा साढे २१ अङ्कको गिरावट
काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक २१ दशमलव ६३ अङ्कले घटेर २७१४ दशमलव ८५ को विन्दुमा पुगेको छ । आइतबार ३१६ कम्पनीका ७९ हजार ३१ पटकको कारोबारमा १ करोड ३९ लाख ७४ हजार ४५२ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार […]

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक २१ दशमलव ६३ अङ्कले घटेर २७१४ दशमलव ८५ को विन्दुमा पुगेको छ ।
आइतबार ३१६ कम्पनीका ७९ हजार ३१ पटकको कारोबारमा १ करोड ३९ लाख ७४ हजार ४५२ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ६ अर्ब ८३ करोड ६६ लाख ४० हजार ४०७ रुपैयाँ रहेको छ ।
३२ कम्पनीको सेयर मूल्य बढ्दा २०६ कम्पनीको घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये सबै राताम्मे हुँदा व्यापार उपसमूहमा भने उछाल आएको छ । आज हिमालयन रिइन्स्योरेन्समा लगानीकर्ता झुम्मिएका छन् ।
What's Your Reaction?






