नेपाल बिजनेस समिटको इन्टरनेट पार्टनरमा वर्ल्डलिङ्क 

काठमाडौं । नेपाल बिजनेस समिट २०२५ को दोस्रो संस्करणमा वर्ल्डलिङ्क कम्युनिकेसन्सले इन्टरनेट साझेदारको रूपमा साझेदारी गर्ने भएको छ । आगामी वैशाख ७ देखि काठमाडौंमा आयोजना हुने सम्मेलनमा साझेदारीबारे शुक्रबार वर्ल्डलिङ्क कम्युनिकेसन लिमिटेडका तर्फबाट अध्यक्ष दिलीप अग्रवाल र नेपाल विजनेश इन्स्टिच्युट (एनबिआई)का तर्फबाट कार्यकारी अध्यक्ष विशाल गैरेले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । नेपाल सरकार, उद्योग, […]

Mar 17, 2025 - 07:50
 0
नेपाल बिजनेस समिटको इन्टरनेट पार्टनरमा वर्ल्डलिङ्क 

काठमाडौं । नेपाल बिजनेस समिट २०२५ को दोस्रो संस्करणमा वर्ल्डलिङ्क कम्युनिकेसन्सले इन्टरनेट साझेदारको रूपमा साझेदारी गर्ने भएको छ ।

आगामी वैशाख ७ देखि काठमाडौंमा आयोजना हुने सम्मेलनमा साझेदारीबारे शुक्रबार वर्ल्डलिङ्क कम्युनिकेसन लिमिटेडका तर्फबाट अध्यक्ष दिलीप अग्रवाल र नेपाल विजनेश इन्स्टिच्युट (एनबिआई)का तर्फबाट कार्यकारी अध्यक्ष विशाल गैरेले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल चेम्बर अर्फ कमर्स (एनसीसी) नेपाल विजनेश इन्स्टिच्युट (एनबिआई)को आयोजना रहने सम्मेलनमा विभिन्न मन्त्रालय र स्थानीय तहहरू, निजी क्षेत्र र अन्तर्राष्ट्रिय साझेदार निकायहरूलेको सहभागिता रहने छ ।

वर्ल्डलिङ्क कम्युनिकेसन्सका अध्यक्ष दिलीप अग्रवालले स्टार्टअप, इनोभेसन र सूचना, प्रविधिको विकासमा सरकारले प्राथमिकता दिनुपर्ने बताए । राष्ट्रिय स्तरमा आयोजना हुने यस खाले सम्मेलनले सरकारको नीति निर्माणमा सहजीकरण र निजी क्षेत्र मैत्री वातावरण बनाउन सहयोग पुग्ने उनको धारणा छ ।

सम्मेलनमा सङ्घीय सरकारका उच्च राजनीतिक एवं प्रशासनिक अधिकारी, प्रदेशका मुख्यमन्त्री, स्थानीय निकायका प्रमुख, स्वदेशी तथा विदेशी विषय विज्ञ, अर्थविद्, बैङ्कीङविद्, दातृ निकायका प्रतिनिधि, निजी क्षेत्रका अग्रणी संस्थाका नेतृत्वगण, बैङ्क तथा वित्तीय संस्थाका अध्यक्ष/सञ्चालक तथा उच्च अधिकारी, लब्धप्रतिष्ठित उद्योगी एवं व्यवसायी, उदयीमान युवा तथा महिला, नवप्रवर्तनीय क्षेत्रमा कार्यरत युवा तथा महिला, आईटी तथा डिजिटल प्रविधिमा संलग्न युवा, वैदेशिक रोजगारबाट फर्केको जनशक्ति तथा उच्च शिक्षाका विद्यार्थीहरूसहित करिब ५ सयभन्दा बढीले सहभागिता जनाउने बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register