सेयर बजारमा २५ अङ्कको वृद्धि, परिसूचक २७ सयको विन्दुमा 

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा दोहोरो अङ्कको वृद्धि भएको छ । आज नेप्से परिसूचक २५ दशमलव ३१ अङ्कले बढेर २७०१ दशमलव ४८ को विन्दुमा उक्लिएको छ । बुधबार ३१८ कम्पनीका ५३ हजार ४८४ पटकको कारोबारमा एक करोड ४ लाख ४२ हजार ६८३ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार […]

Apr 2, 2025 - 10:43
 0
सेयर बजारमा २५ अङ्कको वृद्धि, परिसूचक २७ सयको विन्दुमा 

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा दोहोरो अङ्कको वृद्धि भएको छ । आज नेप्से परिसूचक २५ दशमलव ३१ अङ्कले बढेर २७०१ दशमलव ४८ को विन्दुमा उक्लिएको छ ।

बुधबार ३१८ कम्पनीका ५३ हजार ४८४ पटकको कारोबारमा एक करोड ४ लाख ४२ हजार ६८३ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब ४४ करोड ४४ लाख ३५ हजार ९०१ रुपैयाँ रहेको छ ।

१६६ कम्पनीको सेयर मूल्य बढ्दा ७८ कम्पनीको घटेको छ । १३ उपसमूहमध्ये निर्माण र निर्जीवन बीमाबाहेक अन्यमा हरियाली छाएको छ । आज सीईडीबी होल्डिङ्समा लगानीकर्ता झुम्मिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register