पुलिसको अपराजित यात्रा कायमै, ललितले लिए ६ विकेट
काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ । सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट स्टेडियममा भएको खेलमा पुलिसले सुदूरपश्चिमलाई ६१ रनले पराजित गरेको हो । यससँगै पुलिसले लगातार पाँचौं जित हासिल गरेको छ । १६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा अलआउट भयो । सुदूरपश्चिमका लागि शेर मल्लले ३२ र […]

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ ।
सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट स्टेडियममा भएको खेलमा पुलिसले सुदूरपश्चिमलाई ६१ रनले पराजित गरेको हो । यससँगै पुलिसले लगातार पाँचौं जित हासिल गरेको छ ।
१६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा अलआउट भयो । सुदूरपश्चिमका लागि शेर मल्लले ३२ र मिलन बोहराले २३ रन बनाए । टेक रावतले १२ रन जोडे ।
पुलिसका लागि ललित राजवंशीले ६ विकेट लिए । उनले ७ ओभरमा १६ रन खर्चे । सागर ढकालले २ र करण केसीले १ विकेट लिए ।
पहिले ब्याटिङ गरेको पुलिस ४७ ओभरमा १६० रनमा अलआउट भएको थियो । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ४२ र आरिफ शेखले ४० रन बनाए ।
यससँगै आरिफको प्रधानमन्त्री कपमा १००० रन पूरा भयो । प्रधानमन्त्री कप पूरा गर्ने आरिफ छैँटौँ खेलाडी बनेका छन् ।
प्रधानमन्त्री कपमा उनले ४३ खेलमा आफ्नो १०३३ रन पूरा गरे । यसअघि, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, अनिलकुमार साह, आफि शेख र रोहितकुमार पौडेलले १००० रनको कोशेढुङ्गा पार गरिसकेका छन् ।
सुदूरपश्चिमका लागि सौर्य श्रेष्ठले ४ विकेट लिए । भोज राज भट्टले ३ तथा शेर मल्लले २ विकेट लिए । हेमन्त धामीले १ विकेट लिए ।
What's Your Reaction?






