सोमबार १०.१४ अंकले घट्यो नेप्से

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक १०.१४ अंकले घटेर २७०४.७० बिन्दुमा पुगेको छ । नेप्सेमा कुल ३ सय ३१ कम्पनीको ९९ लाख ३५ हजार ८ सय ७२ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ४० करोडमाथिको सेयर कारोबार भएको छ । सोमबार सबैभन्दा […]

Mar 17, 2025 - 09:44
 0
सोमबार १०.१४ अंकले घट्यो नेप्से

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक १०.१४ अंकले घटेर २७०४.७० बिन्दुमा पुगेको छ ।

नेप्सेमा कुल ३ सय ३१ कम्पनीको ९९ लाख ३५ हजार ८ सय ७२ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ४० करोडमाथिको सेयर कारोबार भएको छ । सोमबार सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको ४३ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, राप्ती हाइड्रोका लगानीकर्ताले भने सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो ।

यता, महालक्ष्मी विकास बैंकका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register