गहना पसलमा चोरी भएपछि महोत्तरीका व्यापारी आन्दोलित

जनकपुरधाम । महोत्तरीको पडौलमा व्यापारीहरुले प्रदर्शन गर्दै बजार बन्द गराएका छन् । बलवा नगरपालिका–३ पडौल बजारमा रहेको शिवशान्ति ज्वेलर्सको ताल्चा फोडेर लाखौँको चोरी भएको घटनालाई लिएर व्यापारीहरु टायर बालेर सडकमा उत्रिएका हुन् । शनिबार राति जीप चढेर आएका चोरहरूको समूहले लुटपाट गरी बर्दिबासतर्फ भागेको सीसीटीभी फुटेजमा देखिएको बताएपनि आज सीसीटीभी चालु अवस्थामा नरहेको भन्दै व्यापारीहरुले […]

Mar 17, 2025 - 09:47
 0
गहना पसलमा चोरी भएपछि महोत्तरीका व्यापारी आन्दोलित

जनकपुरधाम । महोत्तरीको पडौलमा व्यापारीहरुले प्रदर्शन गर्दै बजार बन्द गराएका छन् ।

बलवा नगरपालिका–३ पडौल बजारमा रहेको शिवशान्ति ज्वेलर्सको ताल्चा फोडेर लाखौँको चोरी भएको घटनालाई लिएर व्यापारीहरु टायर बालेर सडकमा उत्रिएका हुन् ।

शनिबार राति जीप चढेर आएका चोरहरूको समूहले लुटपाट गरी बर्दिबासतर्फ भागेको सीसीटीभी फुटेजमा देखिएको बताएपनि आज सीसीटीभी चालु अवस्थामा नरहेको भन्दै व्यापारीहरुले बजार बन्द गरेका छन् ।

शिवशान्ति ज्वेलर्सका सञ्चालक अरुणकुमार साहका अनुसार ५ जनाको समूहमा आएका डाकाहरूले पसलमा रहेको २० तोला सुन, १ लाख ५० हजार नगद, पसलमा राखिएको भोल्ट (लकर), क्यामराको हार्डडिस्क चोरी गरेर लगेको छ ।

सुन पसलमा लागेको सीसीटीभी क्यामराको हार्डडिस्क डाकाहरूले लगेपछि नजिकै रहेको अन्य क्यामरा लुटपाट गर्न प्रयोग भएको जीप र डकैतीमा संलग्नहरुको भिडिओ कैद भएको छ ।

पसलमा राति नै चोरी भएपनि आइतबार बिहान ९ बजे मात्रै थाहा भएको सञ्चालक साहले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register