राजावादीलक्षित प्रधानमन्त्रीको कविता – शहरमा खोजि भैरहेछ हराएको मूर्तिको…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीलाई लक्षित गर्दै कविता सुनाएका छन् । मदन भण्डारी कला–साहित्य प्रतिष्ठानद्वारा आयोजित ‘हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मिलन’ कार्यक्रममा उनले कविता सुनाएका हुन् । उनले “आजकल शहरमा काग-काग कराउँदै उडिरहेछन् आफ्नै सभ्यतामाथि विष्टयाइरहेछन्” भन्दै राजावादीप्रति कटाक्ष गरेका छन् । ओलीको कविता – हिमवत्खण्ड कला, साहित्य, संस्कृति सम्मिलन लेमन ट्री, बुढानिलकण्ठ ॥ अञ्जुली […]

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीलाई लक्षित गर्दै कविता सुनाएका छन् ।
मदन भण्डारी कला–साहित्य प्रतिष्ठानद्वारा आयोजित ‘हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मिलन’ कार्यक्रममा उनले कविता सुनाएका हुन् ।
उनले “आजकल शहरमा काग-काग कराउँदै उडिरहेछन् आफ्नै सभ्यतामाथि विष्टयाइरहेछन्” भन्दै राजावादीप्रति कटाक्ष गरेका छन् ।
ओलीको कविता –
हिमवत्खण्ड कला, साहित्य, संस्कृति सम्मिलन लेमन ट्री, बुढानिलकण्ठ ॥
अञ्जुली भित्र सजायर राखेको हिरा नेपाल
यसको स्पन्दनकेन्द्र मुटु काठमाडौ
एउटा संकल्प सुवर्ण
एउटा वृहद मिलन, सम्मिलन, हिमवत्खण्डको । कथा – होगा बाट भूइँमा
भुइँबाट गुफामा, गुफाबाट यहाँसम्म
एउटा लामो यात्रा, यात्राको वर्णन !
प्रेम, घृणा, लडाई, उन्माद,
लडाई ! उन्माद, आर्तनाद !
कठीन तर गौरवको यात्रा
प्रेम पछि प्रेमको कथा, हिमवत्खण्ड !
तर समय फेरिएको
शहरले धेरै कुरा बिर्सिएको छ ।
नकल धेरै गर्छ, हल्लाका पछि कुद्छ
“आजकल शहरमा काग, काग” कराउँदै उडिरहेछन् आफ्नै सभ्यतामाथि विष्टयाइरहेछन्
ओहो भाषा !
मनाभन ! सांचो झुटो
शहरमा खोजि भैरहेछ हराएको मूर्तिको मूर्ति आफै थाप्न, मूर्तिलाई छाउन मदत गर्नेको
खाजि भै रहेछ भाइमाराको राष्ट्रिय पकेकमाराको !
तानातान छ गतिको रथ र पाङ्ग्राको
अधितिर तान्ने कि पछि तिर तानो!
तर,
हिमवत्खण्ड
अघिबढ्ने बाटो खोजिरहेछ
अधि बढ्ने बाटो खनिरहेछ…..
What's Your Reaction?






