कोशीलाई कर्णालीको मध्यम लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा कर्णालीले कोशीलाई २१९ रनको लक्ष्य दिएको छ । भैरहवास्थित एक्स्ट्रा टेक ओभलमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको कर्णालीले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा २१८ रन बनाएको हो । कर्णालीका लागि अर्जुन घर्तीले अर्धशतकीय पारी खेले । ९५ बलमा ११ चौका र २ छक्का प्रहार गरेका अर्जुन ८८ रनमा […]

Mar 18, 2025 - 07:02
 0
कोशीलाई कर्णालीको मध्यम लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा कर्णालीले कोशीलाई २१९ रनको लक्ष्य दिएको छ ।

भैरहवास्थित एक्स्ट्रा टेक ओभलमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको कर्णालीले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा २१८ रन बनाएको हो ।

कर्णालीका लागि अर्जुन घर्तीले अर्धशतकीय पारी खेले । ९५ बलमा ११ चौका र २ छक्का प्रहार गरेका अर्जुन ८८ रनमा अविजित रहे । कर्णालीका लागि हिमान्शु शाहीले ४६ रन बनाए ।

कोशीका लागि विपिन महतोले ३ विकेट लिए । प्रकाश कार्की र दीपेश कँडेलले २–२ विकेट लिए । सुजन थपलिया र सर्वन किस्कुले १–१ विकेट लिए ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register