करिब ५ अर्ब खर्चेर नयाँ बिलिङ सिस्टम खरिद गर्दै नेपाल टेलिकम
काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले नयाँ बिलिङ सिस्टम जडान गर्ने भएको छ । कम्पनीले आफ्नो सेवालाई सरल र ग्राहकमुखी बनाउन भन्दै करिब ५ अर्ब रुपैयाँ खर्चेर नयाँ बिलिङ प्रणाली राख्न लागेको हो । मङ्गलबार एक सूचना जारी गर्दै कम्पनीले ‘कन्भर्जेन्ट रियल टाइम बिलिङ (सीआरटीबी) तथा कस्टमर सपोर्ट (सीएस) प्रणाली’ जडान गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । यी दुवै प्रणाली भर्चुअल प्रविधिमा आधारित हुनेछन् । नयाँ प्रणाली जडान भएपछि नेपाल टेलिकमका ग्राहकले आफ्नो बिलिङ र सेवा सम्बन्धी ...

What's Your Reaction?






