घरको पर्खालबाट लडेर अर्जुनधारामा १ जनाको मृत्यु
झापा, ५ चैत । झापाको अर्जुनधारामा निर्माणाधीन घरको पर्खालमा पानी लगाउने क्रममा लडेर एक व्यक्तिको मृत्यु भएको छ । आज बिहान अन्दाजी ८ बजे अर्जुनधारा नगरपालिका–४ बस्ने रणबहादुर बस्नेत आफ्नै निर्माणाधीन घरको दोस्रो तल्लाको पर्खालमा चढेर पानी लगाउने क्रममा लडेर गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोडमा ल्याइपुर्याउँदा मृत्यु भइसकेको प्रहरीले [...] The post घरको पर्खालबाट लडेर अर्जुनधारामा १ जनाको मृत्यु appeared first on Jhapa Online.

झापा, ५ चैत । झापाको अर्जुनधारामा निर्माणाधीन घरको पर्खालमा पानी लगाउने क्रममा लडेर एक व्यक्तिको मृत्यु भएको छ ।
आज बिहान अन्दाजी ८ बजे अर्जुनधारा नगरपालिका–४ बस्ने रणबहादुर बस्नेत आफ्नै निर्माणाधीन घरको दोस्रो तल्लाको पर्खालमा चढेर पानी लगाउने क्रममा लडेर गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोडमा ल्याइपुर्याउँदा मृत्यु भइसकेको प्रहरीले जनाएको छ । प्रहरी चौकी शनिश्चरेबाट प्रहरी टोली खटिएर अनुसन्धान भइरहेको जनाइएको छ ।
The post घरको पर्खालबाट लडेर अर्जुनधारामा १ जनाको मृत्यु appeared first on Jhapa Online.
What's Your Reaction?






