भिआइपी स्वयंमले सुरक्षा संवेदनशीलता ख्याल गर्नुपर्ने

काठमाडौं । पोखरामा आयोजित पोखरा भ्रमण वर्ष उद्घाटन समारोहमा बेलुन विस्फोट घटनाको छानबिन समितिले गृह मन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाएको छ । समितिले घटनाको विस्तृत छानबिन गर्दै सुझाव सहितको प्रतिवेदन गृहमन्त्री लेखकलाई बुझाएको हो । समितिको सुझावमा विशिष्ट व्यक्तिहरूको सहभागिता रहने कार्यक्रममा उनीहरू स्वयंमले संवेदनशीलता ख्याल गर्नुपर्ने भनिएको छ । यस्तै सुरक्षालाई भन्दा उपस्थितिलाई  प्राथमिकता […]

Mar 18, 2025 - 10:35
 0
भिआइपी स्वयंमले सुरक्षा संवेदनशीलता ख्याल गर्नुपर्ने

काठमाडौं । पोखरामा आयोजित पोखरा भ्रमण वर्ष उद्घाटन समारोहमा बेलुन विस्फोट घटनाको छानबिन समितिले गृह मन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाएको छ । समितिले घटनाको विस्तृत छानबिन गर्दै सुझाव सहितको प्रतिवेदन गृहमन्त्री लेखकलाई बुझाएको हो ।

समितिको सुझावमा विशिष्ट व्यक्तिहरूको सहभागिता रहने कार्यक्रममा उनीहरू स्वयंमले संवेदनशीलता ख्याल गर्नुपर्ने भनिएको छ । यस्तै सुरक्षालाई भन्दा उपस्थितिलाई  प्राथमिकता नदिन सुझाइएको छ । मञ्चमा प्रज्वलनशील पदार्थ प्रयोगमा पूर्ण बन्देज गर्न सुझाव दिएको छ । यस्तै, प्रविधिका नाममा जोखिम मूल्याङ्कन नगरी कुनै कार्यक्रम सुरु नगर्न सुझाव दिएको छ ।

विशिष्ट व्यक्तिहरू सहभागी हुने कार्यक्रममा स्थानीय प्रशासनलाई कार्यक्रमको रूपरेखा उपलब्ध गराउन समितिको सुझाव छ । यस्तै समितिले, कार्यक्रममा सुरक्षा मापदण्डलाई ध्यानमा राखी सुरक्षित विकल्पहरूको उपयोग गर्नुपर्ने आवश्यकता औँल्याएको छ । विना अनुमति आतसबाजी तथा विस्फोटक रसायनको प्रयोगलाई बन्देज लगाउनुपर्ने समितिको सुझाव छ । यस्ता कार्यक्रमका लागि कार्यविधि तथा मापदण्ड बनाउनुपर्ने समितिको सुझाव छ ।

छानबिन समितिको सुझाव बुझ्दै गृहमन्त्री लेखकले प्रतिवेदनमा उल्लेख भएका विषय कार्यान्वयनका लागि गृह सचिव गोकर्णमणि दवाडीलाई निर्देशन दिएका छन्।

पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका थिए।

घटना लगत्तै गृहमन्त्री लेखकले मन्त्रिस्तरीय निर्णयबाट कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानबिन समिति गठन गरेका थिए।

 

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register