युरो र डलर तस्करीको नाइके समात्न संसद्‌मा माग

काठमाडौं । प्रतिनिधि सभामा सांसदहरूले युरो र डलर गरी २५ करोड रूपैयाँ तस्कर गर्ने नाइकेलाई समेत समात्न सरकारसँग माग गरेका छन् । संसद्‌मा बोल्दै काङ्ग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाका सांसदले भरियालाई मात्रै नभएर नाइकेलाई समेत पक्राउ गर्न माग गरेका हुन् । नेपाली काङ्ग्रेसका सांसद रामहरी खतिवडाले तस्करी प्रकरणमा भरिया मात्रै समात्ने तर नाइकेलाई उन्मुक्ति […]

Mar 19, 2025 - 06:11
 0
युरो र डलर तस्करीको नाइके समात्न संसद्‌मा माग

काठमाडौं । प्रतिनिधि सभामा सांसदहरूले युरो र डलर गरी २५ करोड रूपैयाँ तस्कर गर्ने नाइकेलाई समेत समात्न सरकारसँग माग गरेका छन् ।

संसद्‌मा बोल्दै काङ्ग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाका सांसदले भरियालाई मात्रै नभएर नाइकेलाई समेत पक्राउ गर्न माग गरेका हुन् ।

नेपाली काङ्ग्रेसका सांसद रामहरी खतिवडाले तस्करी प्रकरणमा भरिया मात्रै समात्ने तर नाइकेलाई उन्मुक्ति दिने प्रवृत्ति अन्त्य हुनुपर्ने माग गरे । ‘पच्चिस करोड रूपैयाँ समात्न सफल भएकोमा म नेपाल सरकारलाई धन्यवाद भन्न चाहन्छु । तर, तस्करीमा प्रयोग हुने ड्राइभ र भरिया समात्ने तर त्यसको नाइकेसम्म नपुग्ने प्रवृत्ति अन्त्य गर्न माग गर्छु,’ उनले भने ।

जुनसुकै तहको व्यक्ति भएपनि त्यसलाई कारबाहीको दायरामा ल्याउन उनले माग गरेका छन् ।

नेकपा एमालेका सांसद रघुजी पन्तले मुलुक ग्रे लिस्टमा रहेको समयमा तस्करी बढेको सन्देश जानु राम्रो नभएकाले यस्ता घटनाको गम्भीरतापूर्व अनुसन्धान हुनुपर्ने बताए । यस्तै सुन तस्करी बढिरहेको भन्दै उनले  माग र आपूर्तीको खाडल रहेको भए आर्थिक नीतिमार्फत समाधान गर्नुपर्ने उनले बताए ।

यस्तै, नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले उपल्लो तहको संलग्नता विना उक्त परिमाणको विदेशी मुद्रा तस्करी संभव  नभएको भन्दै घटनाको गम्भीरतापूर्वक छानिबिन माग गरेका छन् । ‘यति ठूलो तस्करी उपल्लो तहको संलग्नता विना संभव छैन । भरिया पक्राउ गर्ने अन  निश्चित समयमा सामान्य बनाइने प्रवृत्ति अन्त्य हुनुपर्छ,’ उनले भने ।

राप्रपाकी सांसद रोशन कार्कीले नेपाल तस्कहरूको ट्रान्जिट प्वाइन्ट बनिरहेको भन्दै यो घटनालाई गम्भीरतापूर्वक अनुसन्धान गर्दै दोषीलाई कारबाही गर्न माग गरिन् । ‘नेपाल दिनप्रतिदिन तस्करको जालोमा परेको छ । मुलुक ग्रे लिस्टमा परिरहेको बेला यस्ता घटना घटिरहेका छन् । के सरकारले नेपाललाई तस्करहरूको ट्रान्जिट प्वाइन्ट बनाउन खोजेको हो?’ उनको प्रश्न छ ।

सांसदहरूले भरियालाई नभएर तस्करी गराउने नाइकेसम्म पुग्न सरकारसँग जोडदार माग गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register