दुर्गा प्रसाईंको दाबी- ‘ट्रकमा भेटिएको २५ करोड माओवादीको हो’

काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईंले टोखामा ट्रकमा भेटिएको २५ करोड माओवादीको भएको आरोप लगाएका छन् । सार्वजनिक कार्यक्रममा बोल्दै प्रसाईंले यस्तो आरोप लगाएका हुन् । उनले काठमाडौँको टोखास्थित झोर क्षेत्रबाट ट्रकमा तस्करी गरेर चीन लैजाँदै गरेको २५ करोड २२ लाख ४५ हजार रुपैयाँ माओवादी केन्द्रको भउको दाबी गरेका छन् । यतिसम्म कि प्रसाईंले उक्त रकम […]

Mar 19, 2025 - 08:53
 0
दुर्गा प्रसाईंको दाबी- ‘ट्रकमा भेटिएको २५ करोड माओवादीको हो’

काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईंले टोखामा ट्रकमा भेटिएको २५ करोड माओवादीको भएको आरोप लगाएका छन् । सार्वजनिक कार्यक्रममा बोल्दै प्रसाईंले यस्तो आरोप लगाएका हुन् ।

उनले काठमाडौँको टोखास्थित झोर क्षेत्रबाट ट्रकमा तस्करी गरेर चीन लैजाँदै गरेको २५ करोड २२ लाख ४५ हजार रुपैयाँ माओवादी केन्द्रको भउको दाबी गरेका छन् ।

यतिसम्म कि प्रसाईंले उक्त रकम माओवादीको भएको र माओवादी निकट तिब्बतीले लगिरहेको पनि दाबी गरेका छन् । प्रसाईंले उक्त डलर तस्करी प्रकरणमा ठूला नेताको समेत संलग्नता भएको दाबी गरेका छन् ।

प्रसाईंले उक्त रकम चीनमा लैजाने र चीनबाट अवैध रुपमा भारतमा सुन तस्करी गर्ने योजना भएको पनि बताएका छन् । हाल प्रहरीले उक्त डलर तस्करी प्रकरणमा ना १ ख १६५२ नम्बरको ट्रक चालक कुसाङ लामालाई पक्राउ गरी थप अनुसन्धानसमेत अघि बढाएको छ । उक्त रकम चीन लगिँदै गरेको खुले पनि कुन प्रयोजनका लागि लगिँदै थियो ? भन्ने अझै खुलेको छैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register