दिक्तेल नगरपालिका क्षेत्रमा दुर्लभ रेडपाण्डा भेटिए

खोटाङ।  खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका बन क्षेत्रमा बिश्वमै दुर्लभ बन्यजन्तु रेडपाण्डा फेला परेको छ । रेडपाण्डाको फोटो तथा भिडियो कैद गर्न साता दिन बढी अवधिको भ्रमणमा रहेका नगरपालिकाको टोलीले मेरुङ सामुदायिक बनमा रेडपाण्डा फेला पारेको हो ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी बैशाखमा आयोजना गर्न लागेको रेडपाण्डा तथा थार महोत्सबमा केन्द्रीत नगरपालिकाको टोलीले […]

Mar 19, 2025 - 12:49
 0
दिक्तेल नगरपालिका क्षेत्रमा दुर्लभ रेडपाण्डा भेटिए

खोटाङ। 

खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका बन क्षेत्रमा बिश्वमै दुर्लभ बन्यजन्तु रेडपाण्डा फेला परेको छ । रेडपाण्डाको फोटो तथा भिडियो कैद गर्न साता दिन बढी अवधिको भ्रमणमा रहेका नगरपालिकाको टोलीले मेरुङ सामुदायिक बनमा रेडपाण्डा फेला पारेको हो ।

 दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी बैशाखमा आयोजना गर्न लागेको रेडपाण्डा तथा थार महोत्सबमा केन्द्रीत नगरपालिकाको टोलीले रेडपाण्डा भेट्टाएका हुन् । रेडपाण्डाको फोटो र भिडियो कैद गर्ने तथा स्थलगत अध्ययन गर्ने उदेश्यले ६ नम्बर नेर्पाका वडाध्यक्ष माधव राईको संयोजकत्वमा चैत्र–१ गते भ्रमण टोली बन क्षेत्र पसेका थिए । 

रेडपाण्डालाई दुई हजार सात सय ८१ मिटरको उचाईमा भेटिएको वडाध्यक्ष राईले सुनाए । विभिन्न समुहमा बिभााजित भएर खोजी गर्ने क्रममा बिहान आठ बजेर ४० मिनेट जाँदा रुखमा खेलिरहेको अवस्थामा रेडपाण्डा भेटेको बुवालुङका प्रचण्ड राईले जनाए ।

भेटिएको रेडपाण्डा करिब अढाई बर्षको भाले भएको मेरुङ सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष पल्लबसिंह राईले बताए । उक्त बनमा करिब पाँच वटा रेडपाण्डा हुन सक्ने रेडपाण्डा हेरालु स्थानीय पुष्पलाल गिरीको अनुमान छ । आकार र तौलको आधारमा रेडपाण्डालाई पाँच प्रकारमा विभाजन गरिने हुँदा सो बनमा पाँचै प्रकारका रेडपाण्डा पाउन सकिने गिरीको प्रतिक्रिया छ । नगरपालिकाको कोप्चे लगायत अन्य बनमा पनि रेडपाण्डा भेटिने गरेको स्थानीयले बताउँदै आएका छन् । रेडपाण्डाले बिशेषगरी मालिङ्गो बाँसको टुसा खान मन पराउने हुनेले मालिङ्गो भएको क्षेत्रमा बढी भेटिने सम्भावना हुने स्थानीयवासीको अनुभव छ ।

यस कार्यले रेडपाण्डा तथा थार महोत्सव थप प्रभावकारी बन्ने र दीर्घकालीन योजना समेत सफल बन्न मद्दत पुग्ने ठहर छ ।  रेडपाण्डा खोजीका लागि महोत्सव संयोजक तथा वडा नम्बर १० पाथेकाका अध्यक्ष मुगाधन राई, १२ नम्बरका वडाध्यक्ष दानबहादुर राई, पत्रकार,  बनपैदावर तथा जैवीक विविधता संरक्षण सम्बद्ध व्यक्ति लगायतका टोली जुटेका छन् ।

यसअघि, क्यामेरा ट्र्यापमार्फत फेला पर्नु तथा स्थानीयले प्रत्यक्ष भेटिरहेको कुरा सुनाउनुले समेत जिल्लाका केपिलासगढी गाउँपालिकाका फेदी लगायत माथिल्लो भेगका बन क्षेत्रमा रेडपाण्डा पाइने पुष्टि भएको थियो । जिल्लामा सामुदायिक बन समूहको सक्रियता तथा बनसम्बन्धी विभिन्न परियोजनाको सहकार्यमा रेडपाण्डा संरक्षण अभियान सञ्चालन भएका थिए ।।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register