नागरिकलाई गुणस्तर पानी उपलब्ध गराउने जिम्मा सरकारको हो : मन्त्री यादव

लमजुङ।  सङ्घीय खानेपानी मन्त्री प्रदीप यादवले नागरिकलाई दिगो र भरपर्दो खानेपानी उपलब्ध गराउने सरकारको काम र कर्तव्य भएको बताए । बेसीशहर सहलगानी खानेपानी आयोजनाको उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बोल्दै हिमाल, पहाड र तराईका  नागरिकलाई स्वच्छ पानी उपलब्ध गराउन संघ सरकार प्रतिबद्ध रहेको बताए । अर्को प्रसङ्गमा मन्त्री यादवले नेपाली आजसम्म कहिले पनि कसैको गुलाम नभएको  […]

Mar 19, 2025 - 13:28
 0
नागरिकलाई गुणस्तर पानी उपलब्ध गराउने जिम्मा सरकारको हो : मन्त्री यादव

लमजुङ। 

सङ्घीय खानेपानी मन्त्री प्रदीप यादवले नागरिकलाई दिगो र भरपर्दो खानेपानी उपलब्ध गराउने सरकारको काम र कर्तव्य भएको बताए । बेसीशहर सहलगानी खानेपानी आयोजनाको उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बोल्दै हिमाल, पहाड र तराईका  नागरिकलाई स्वच्छ पानी उपलब्ध गराउन संघ सरकार प्रतिबद्ध रहेको बताए ।

अर्को प्रसङ्गमा मन्त्री यादवले नेपाली आजसम्म कहिले पनि कसैको गुलाम नभएको  र कहिले कसैको सामु नझुक्ने बताउँदै कुनै व्यक्ति नभई नागरीक नै देशको राजा भएको बताए । देशमा आएको लोकतन्त्र गणतन्त्रलाई जनताले बचाइ राख्नु पर्ने पनि मन्त्री यादवको भनाई थियो । 

बेसीशहरमा विगतमा खानेपानीको अभावका कारण नगरबासीले कठिनाई भोग्नु परे पनि आज सङ्घीय सरकार र स्थानीय उपभोक्ताको सहकार्यमा बेसीशहर सहलगानी खानेपानी तथा सरसफाइ आयोजना निर्माण भएसंगै बेसीशहर नगरबासीले सहज रुपमा स्वच्छ र शुद्ध खानेपानी उपभोग गर्न पाएको उनले बताए ।

 ग्रामीण भेगका नागरिकलाई पनि स्वच्छ र शुद्ध पानी उपलब्ध गराउन सरकार र  आफू  प्रतिबद्ध रहेको मन्त्री यदवको भनाई छ । उनले अगामी आर्थिक बर्ष २०८२-०८३ मा बेसीशहर अन्तर्गत रहेका मुहानहरुलाई संरक्षण गर्नका लागि संघले बजेट विनियोजन गर्ने बताए । 

सोही कार्यक्रमलाई सम्बोधन गर्दे गण्डकी प्रदेशका बन तथा वातावरण मन्त्री भेष बहादुर पौडेलले बेसीशहरमा जति खानेपानीका उपभोक्ता छन् त्यस मध्ये आफू पनि एक उपभोक्ता रहेको बताउँदै यसको संचालक र सरकार पनि उपभोक्त नै हुने बताए । कुनै ठाउँका नागरिकहरुले प्रत्यक्ष मुहानबाट पानी ल्याउने गरेका छन् भने कुनै ठाउँका नागरिकहरुले पाइपबाट पानी तानेर पिउने गरेको भेटिएको मन्त्री पौडेलको भनाई छ ।

बेसीशहर खानेपानी तथा उपभोक्ता समितिको आयोजनामा बुधवार नेपाल सरकारका खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी आयोजनाको उद्घाटन तथा हस्तान्तरण गरेका हुन् ।खानेपानी मन्त्री यादवले सह लगानी खानेपानी आयोजनाको बेसीशहर १० भाचोकखोलास्थित रिजर्भ ट्याकी उद्घाटन गरेका हुन् । आयोजनाको उद्घाटन पश्चात् जिल्ला समन्वय समितिको सभाहलमा भएको कार्यक्रममा मन्त्रि यादवले बेसीशहर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष रामवहादुर गुरुङलाई आयोजना संचालन तथा व्यवस्थापनको लागि आयोजना हस्तान्तरणपत्र प्रदान गरेका हुन्  ।

२०७४ असारमा निर्माण सुरु भएको उक्त आयोजना २०८१ असार मसान्तमा सम्पन्न भएको हो ।

नेपाल सरकारको १६ करोड ३९ लाख ४० हजार ४ सय ६९  र उपभोक्ता समितिको ७ करोड ५ लाख ५२ हजार ६ सय ८२ रुपैयाँ गरी कुल २३ करोड ४४ लाख ९३ हजार १ सय ५२ रुपैयाको लागत बेसीशहर उक्त आयोजना निमार्ण भएको हो । आयोजना निमार्णको लागि उपभोक्ता समितिले नगर विकास कोषबाट ४ करोड २५ लाख ऋण लिएको उपभोक्ता समितिले जनाएको छ । हालसम्म उपभोक्ता समितिबाट ३ लाख ४४ हजार रुपैयाँ मात्र ऋण तिरिएको छ ।

सह लगानी आयोजना अन्तर्गत भाचोक खोलाको पानीलाई प्रशोधन गरी बेसीशहर बजार क्षेत्रमा वितरण गरिएको छ । यस आयोजनाबाट मुख्यतय बेसीशहर नगरपालिका वडा नं. ६ देखि १० सम्मका करिब २७ सय घरधुरीका ४५ हजार उपभोक्ता लाभान्वित भएका छन् ।  

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना लमजुङले उक्त आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण गरेको हो । कार्यक्रममा आयोजना कार्यालयका प्रमुख नरेश रेग्मीले  आयोजनाको वारेमा जानकारी गराएका थिए । उपभोक्ता समितिका अध्यक्ष रामवहादुर गुरुङको अध्यक्षतामा एवं खानेपानी मन्त्री प्रदीप यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आयोजना निमार्णमा सहयोग गर्ने  व्यक्तिहरुलाई प्रशसांपत्रले सम्मान गरिएको थियो । 

उपभोक्ता समितिका सचिव शम्भुलाल श्रेष्ठले स्वागत गरेको  कार्यक्रममा कोषाध्यक्ष नन्दलाल श्रेष्ठले उपभोक्ता समिति पृष्टभूभी, हालको अवस्था र भावि कार्यक्रम सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए  । कार्यक्रमको सञ्चालन संचारकर्मी अनुज अधिकारीले गरेका थिए । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register