अनलाइनमा बेचिने आफ्नो सामानको रिभ्यु आफैँ दिने व्यवसायीलाई ५ लाखसम्म जरिबाना र ३ वर्षसम्म कैद
काठमाडौं । सरकारले अनलाइन मार्फत वस्तु तथा सेवाको बिक्री गर्ने व्यवसायी आफैँले त्यसको विशेषता र गुणस्तरको विषयमा रिभ्यु तथा कमेन्ट गरेमा दण्डित गर्ने भएको छ । हालै राष्ट्रपतिबाट प्रमाणीकरण भएको विद्युतीय व्यापार ऐन २०८१ मा यस किसिमको प्रावधान समेटिएको हो । ऐनको दफा १५ (सूचीमा आधारित विद्युतीय व्यापार गर्ने व्यवसायीको दायित्व) र दफा १६ (विक्रेताको दायित्व) अन्तर्गत आफैँले रिभ्यु दिन नमिल्ने व्यवस्था राखिएको छ । दफा १५ को उपदफा (ग) मा भनिएको छ, "बिक्रीको लागि प्लेटफर्ममा राखिएको वस्तु वा सेवाको आफैँ वा अन्य कुनै व्य...

What's Your Reaction?






