एनपीएलमा खेलाडीले चौका हान्दा विद्यार्थीको हातमा पुग्यो शैक्षिक सामग्री
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का चौकालाई शिक्षासँग जोड्ने उद्देश्यका साथ एनसेल फाउन्डेसनले विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्ने अभियान सुरु गरेको छ । यसअन्तर्गत मंगलबार लुम्बिनी प्रदेशका तीन विद्यालयका ४४६ जना विद्यार्थीलाई कम्पनीले शैक्षिक सामग्री वितरण गरेको छ । क्रिकेटको रोमाञ्चकतासँग शिक्षालाई जोड्ने यो पहल अन्तर्गत एनपीएल खेलहरूमा हानिएका प्रत्येक चौका वापत चार ओटा शैक्षिक सामग्री प्रदान गरिने कम्पनीले जनाएको छ । गत मंसिरमा घोषणा गरिएको यो अभियानले विद्यार्थीहरूको सिकाइलाई प्रवर्द्धन गर्दै शिक्षा क्षेत्रमा सक...

What's Your Reaction?






