संसदमा उर्जामन्त्रीलाई बर्खास्त गर्न माग

काठमाडौँ । नेकपा माओवादी केन्द्रकी सांसद ज्ञानु बस्नेतले उर्जामन्त्री दीपक खड्कालाई बर्खास्त गर्न माग गरेकी छिन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बस्नेतले उर्जामन्त्री खड्कालाई बर्खास्त गर्न माग गरेकी हुन् । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ हुँदैन भनिरहेका बेला उर्जामन्त्रीले लोडसेडिङ हुन्छ भनेर जनतालाई आतंकित बनाएको सांसद बस्नेतले आरोप लगाएकी छिन् । उनले […]

Mar 20, 2025 - 06:54
 0
संसदमा उर्जामन्त्रीलाई बर्खास्त गर्न माग

काठमाडौँ । नेकपा माओवादी केन्द्रकी सांसद ज्ञानु बस्नेतले उर्जामन्त्री दीपक खड्कालाई बर्खास्त गर्न माग गरेकी छिन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बस्नेतले उर्जामन्त्री खड्कालाई बर्खास्त गर्न माग गरेकी हुन् ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ हुँदैन भनिरहेका बेला उर्जामन्त्रीले लोडसेडिङ हुन्छ भनेर जनतालाई आतंकित बनाएको सांसद बस्नेतले आरोप लगाएकी छिन् ।

उनले दलाल र बिचौलिया पोस्ने र बिस्तारै नाफामा गइरहेको नेपाल विद्युत प्राधिकरणलाई ध्वस्त पार्ने षड्यन्त्रमा स्वयम् उर्जामन्त्री दीपक खड्का संलग्न रहेको पनि बताएकी छिन् । यसरी खुलेयाम जनतालाई आतंकित बनाउने र प्राधिकरणलाई ध्वस्त पार्न खोजेको भन्दै सांसद बस्नेतले उर्जामन्त्री खड्कालाई बर्खास्त गर्न सरकारसँग माग गरेकी हुन् ।

त्यस्तै, उनले राष्ट्रिय सभाको बैठकमा उर्जा मन्त्रीले लोडसेडिङ हुन्छ भन्दै दिएको अभिव्यक्तिप्रति खेद प्रकट गरेकी छिन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register