पुलिसको लगातार सातौं जित

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा नेपाल पुलिस क्लबले लगातार सातौं जित हासिल गरेको छ । एक्स्ट्रा टेक ओभलमा बिहीबार भएको खेलमा पुलिसले बागमतीलाई ९३ रनले पराजित गरेको हो । २९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २०४ रन बनाएर अलआउट भयो । बागमतीका लागि इशान पाण्डेले अर्धशतकीय पारी खेले । उनले ९८ बलमा ६ चौका […]

Mar 20, 2025 - 11:00
 0
पुलिसको लगातार सातौं जित

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा नेपाल पुलिस क्लबले लगातार सातौं जित हासिल गरेको छ ।

एक्स्ट्रा टेक ओभलमा बिहीबार भएको खेलमा पुलिसले बागमतीलाई ९३ रनले पराजित गरेको हो । २९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २०४ रन बनाएर अलआउट भयो ।

बागमतीका लागि इशान पाण्डेले अर्धशतकीय पारी खेले । उनले ९८ बलमा ६ चौका प्रहार गर्दै ७० रन बनाए । तैपनि जितका लागि पर्याप्त हुन सकेन ।

पुलिसका लागि ललित राजवंशीले ४ विकेट लिए । कुशल भूर्तेलले ३ र करण केसीले २ विकेट लिए । गुल्शन झाले भने १ विकेट लिए ।

यसअघि पुलिसले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा २९७ रन बनाएको थियो ।

पुलिसका लागि कुशल भूर्तेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेले । कुशलले ९८ बलमा ११ चौका प्रहार गर्दै ८८ रन बनाए ।

यससँगै कुशल प्रधानमन्त्री कपमा १००० रन पूरा गर्ने सातौं खेलाडी बनेका छन् । यसअघि आरिफ शेख, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, अनिलकुमार साह, आसिफ शेख र रोहितकुमार पौडेलले १००० रनको कोसेढुङ्गा पार गरिसकेका छन् ।

दीपेन्द्रले ४६ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ६० रन बनाए । अमित श्रेष्ठले ४८ र आरिफ शेखले ३८ रन बनाए ।

बागमतीका लागि प्रतिश जिसीले ३ विकेट लिए । सो क्रममा उनले १० ओभरमा ४६ रन खर्चे । रिजन ढकाल, इशान पाण्डे, साकार गजुरेल र विपिन आचार्यले १–१ विकेट लिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register