त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन स्थगित

काठमाडौं । त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन स्थगित भएको छ । निर्वाचन समितिले बिहीबार सूचना जारी गर्दै निर्वाचन कार्यक्रम स्थगित भएको जनाएको हो । निर्वाचन समितिको विज्ञप्तिमा भनिएको छ, “अदालतमा उपस्थित हुँदा अन्य विपक्षीको नाममा म्याद तामेल नभएकाले २०८१/१२/०७ मा अदालतमा उपस्थित हुँदा अन्य विपक्षीहरूको नाममा म्याद तामेल नभएकोले मिति २०८१/१२/१० को दिनलाई तोकिएकोले सो […]

Mar 20, 2025 - 11:06
 0
त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन स्थगित

काठमाडौं । त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन स्थगित भएको छ ।

निर्वाचन समितिले बिहीबार सूचना जारी गर्दै निर्वाचन कार्यक्रम स्थगित भएको जनाएको हो ।

निर्वाचन समितिको विज्ञप्तिमा भनिएको छ, “अदालतमा उपस्थित हुँदा अन्य विपक्षीको नाममा म्याद तामेल नभएकाले २०८१/१२/०७ मा अदालतमा उपस्थित हुँदा अन्य विपक्षीहरूको नाममा म्याद तामेल नभएकोले मिति २०८१/१२/१० को दिनलाई तोकिएकोले सो अन्तरिम आदेशको छलफल टुङ्गो नलागेसम्म निर्वाचनको कार्यक्रम स्थगित गरिएको व्यहोरासम्बन्धित सबैमा अनुरोध गरिन्छ ।”

यसअघि उच्च अदालत पाटनले निर्वाचन रोक्न अन्तरिम आदेश जारी गरेको थियो । नेविसङ्घका नेता विष्णु बडैलाल‍े दायर गरेको रिटमा न्यायाधीश डालकुमार खड्काको एकल इजलासले निर्वाचन रोक्दै दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।

नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पा र अर्का नेता विष्णुबहादुर बडैलाले छुट्टाछुट्टै प्यानल खडा गरेपछि विवाद सुरु भएको थियो ।

शेर्पाले दीपक जोशीलाई अध्यक्षको उम्मेदवार बनाएर प्यानल बनाएका छन् भने बडैलाले अनुज कार्कीलाई अघि सारेका छन् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register