प्रहरीमा काम समान, राशन असमान 

बाजुरा।   सामान्यतया समान कामको समान ज्याला भन्ने अन्तर्राष्ट्रिय मान्यता छ ।  समान भूगोलमा रहेर समान काम गरेबापत समान स्तरका सरकारी वा गैह्रसरकारी संस्थामा कार्यरत कर्मचारीहरुलाई सामान ज्याला पाउनु पर्छ यो विश्वव्यापी मान्यता हो  । भुगोल एउटै र कामको प्रकृती पनि एउटै,तरपनि सेवा सुविधामा गरिने असमान वितरण प्रणालीले कार्य सम्पादन प्रतिफल राम्रो देखिँदैन । लोकतान्त्रिक शासन […]

Mar 20, 2025 - 11:14
 0
प्रहरीमा काम समान, राशन असमान 

बाजुरा। 

 सामान्यतया समान कामको समान ज्याला भन्ने अन्तर्राष्ट्रिय मान्यता छ ।  समान भूगोलमा रहेर समान काम गरेबापत समान स्तरका सरकारी वा गैह्रसरकारी संस्थामा कार्यरत कर्मचारीहरुलाई सामान ज्याला पाउनु पर्छ यो विश्वव्यापी मान्यता हो  । भुगोल एउटै र कामको प्रकृती पनि एउटै,तरपनि सेवा सुविधामा गरिने असमान वितरण प्रणालीले कार्य सम्पादन प्रतिफल राम्रो देखिँदैन ।

लोकतान्त्रिक शासन पद्धति अवलम्बन गर्ने राज्यको विभेदकारी नीतिले सरकारी वा गैह्रसरकारी  कुनैपनि युनिटमा विखण्डन मात्र हैन स्वयं श्रमिकमा नैरास्यता छाउँछ । यसको ज्वलन्त उदाहरण  प्रहरी सुरक्षाकर्मीमा देखिएको छ । बाजुराको दुर्गगम हिमाली जिल्ला कुवाडी खोलावारी विच्छ्या चौकी छ ।कुवाडी नदी पारीपट्टी हुम्ला कुवाडी प्रहरी चौकी छ । दुइटै प्रहरी चौकीमा कार्यरत प्रहरी कर्मचारीलाई भौगोलिक विकटता समान छ । यद्येपी बाजुरा कुवाडी प्रहरी चौकीमा कार्यरत  प्रहरीले  दैनिक २८४ रुपैंया राशनभत्ता वापत पाउँछन्। त्यही भुगोलको पारिपट्टीका  प्रहरी कर्मचारीले प्रतिदिन ६९० रुपैंया राशन भत्ता पाउँछन्।  भौगोलिक विकटता उस्तै हो । महंगी वारवर छ । पाउने सुविधामा राज्यबाट यत्रो विभेद छ । पारिपट्टीका साथीहरु मिठो मसिनो पोशिलो  डाईटिङ्ग गर्छन् । हामी वारिपट्टीका लाई भने मासिक  दालभात खान पुग्दैन बिछ्या प्रहरी चौकीमा कार्यरत एक कर्मचारीले भने । पेचिलो ड्युटीका साथै खानाको जोहो गर्नु परेको छ’ उनले भने । 

 सशस्त्र प्रहरी बल आश्रित गुल्म बाजुरामा कार्यरत प्रहरीले दैनिक दुईसय ८४ रुपैंया राशन भत्ता पाउँछन् भने अछाममा कार्यरत तिनै कर्मचारीले प्रतिदिन ३ सय ४६ रुपैंया राशनभत्ता पाउँछन् । जहाँ नुन,तेल, दाल, चामल, चिनी, साग तरकारी त्यही बाटो भएर आउँछ । त्यस्तै डडेलधुरा कार्यरत प्रहरीले दैनिक दुईसय ९० रुपैंया पचास पैंशा पाउँछ। त्यही डडेलधुरा भएर आउने डोटीको प्रहरीले दैनिक एक सय नब्बे रुपैंया वरावर राशन पाउँछन् । त्यस्तै  सदुरकै सुगम कैलाली जिल्लामा कार्यरत प्रहरीले दैनिक दुई सय  २६ रुपैंया ५५ पैंशा पाउँछन् ।धनगढीबाट बोकेर ल्याएको  त्यही राशन बझाङ्गमा कार्यरत तिने प्रहरीले  दुई सय १८ रुपैंया  राशनभत्ता पाउँछन् । 

    प्रहरी कर्मचारीका अनुसार “२०७७ साल देखि लागूभएको यो असमान  वितरण राशन प्रणालीले दुर्गममा कार्यरत प्रहरी कर्मचारीको मनोवल मात्र घटाएको छैन,सरकारले पेटमा मुट्की बजारिदिएको छ । ” सरकारले दिएको राशन भत्ताले बाजुरामा दैनिक छाक टार्न धौधौ भएको छ। नाम नखोल्ने शर्तमा एक प्रहरी अधिकृतले भने  हाम्रा पिडा कस्ले सुनिदिने ! हप्ताको चार छाक  मासु दुई छाक खसीको दुईदिन कुखुराको मासु  हुनुपर्ने स्वीकृत राशनको सिलिङ्ग छ । तर त्यो स्वीकृत रकमले  मासु त के पेटभरी दालभात खान पनि पुग्र्दैन ।  न्युतम खर्च गर्दापनि प्रतिदिन तिनसय पचास  रुपैंया खर्च भैरहेको छ । भोको पेटले कसरी काम गर्नु ति अधिकृतले भने । महिनामा को प्रहरी विदामा जाला र राशन बचाएर खाउँलाको स्थिती छ। राशन बचाएर  पेट पाल्नु परेको छ प्रहरी जवानको  गुनासो छ ।  हाम्रो तुलनामा बढी भत्ता पाउने प्रहरी साथीहरुको  विरोध गरेको हैन । तर भूगोलका आधारमा वितरण प्राणली न्यायोचित हुनु प¥यो भन्ने हाम्रो माग हो, सुनिदिने कोले ? नेपाल प्रहरीका एक अधिकृतले भने । 

 बाजुरामा हाल चलेको दररेट अनुसार दैनिक खाना, खाजा नास्तामा पाँच सय रुपैंया खर्च हुन्छ ।,यो जिल्ला दररेट हो । मासु र पोशिलो खानाको त कुरै नगरौं सरकारले तोकेको राशनले बाजुरामा कार्यरत प्रहरीलाई एक छाक  पोशिलो नास्ता खानपनि पुग्दैन,उद्योगवाणिज्य संघ बाजुराका अध्यक्ष देववहादुर रोकायाले भने ।  कम्तीमा पनि जिल्लाले समायोजन गरेको  स्वीकृत दररेटलार्य आधार मानेर  राशन भत्ता सरकारले दिनुपर्छ अध्यक्ष रोकायाले भने। भोको पेटले गोरु जोत्न सकिदै भन्ने थाह हुंदाहुंदैै सरकारले असमान वितरण प्रणली खारेज गर्नु पर्ने सुझाब उनको  छ। बाजुरामा कार्यरत नेपाल प्रहरी सशस्त्र प्रहरीवल आश्रित गुल्म र राष्ट्रिय अनुसन्धानका प्रहरी कर्मचारीले  प्रतिछाक दुईसय ८४ रुपैंयाका दरले खानाखर्च पाउँछन् त्यसमा पनि एक प्रतिशत कर कट्टी हुन्छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register