संघलाई सुईंको नदिई मधेशका मुख्यमन्त्री पुगे योगीलाई भेट्न

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह संघीय सरकारको जानकारीबिनै भारत पुगेका छन्। भारतमा उनले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटघाट गरेका छन्। उनको योगी आदित्यनाथसँग भेटघाट गरेको तस्वीर सार्वजनिक भएका छन् । मुख्यमन्त्री सिंहले आज(बिहिबार) नै योगी आदीत्यनाथसंग भेट गरेका हुन । संविधानअनुसार मुख्यमन्त्रीले विदेश भ्रमण गर्न संघीय सरकारको स्वीकृति लिनुपर्छ। तर, प्रधानमन्त्री […]

Mar 20, 2025 - 18:06
 0
संघलाई सुईंको नदिई मधेशका मुख्यमन्त्री पुगे योगीलाई भेट्न

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह संघीय सरकारको जानकारीबिनै भारत पुगेका छन्। भारतमा उनले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटघाट गरेका छन्। उनको योगी आदित्यनाथसँग भेटघाट गरेको तस्वीर सार्वजनिक भएका छन् । मुख्यमन्त्री सिंहले आज(बिहिबार) नै योगी आदीत्यनाथसंग भेट गरेका हुन ।

संविधानअनुसार मुख्यमन्त्रीले विदेश भ्रमण गर्न संघीय सरकारको स्वीकृति लिनुपर्छ। तर, प्रधानमन्त्री केपी ओलीको सचिवालयका अनुसार मधेश प्रदेशका मुख्यमन्त्रीको भारत भ्रमणबारे संघीय सरकारलाई जानकारी नै छैन।

उनले सामाजिक सञ्जालमा योगीसँग भेटेको तस्वीर राख्दै लेखेका छन्, भेटमा जननी जानकीको पवित्र भूमि जनकपुरधामसँगै मधेश प्रदेशको धार्मिक, सांस्कृतिक र पर्यटकीय विकासको व्यापक सम्भावनाका विषयमा विस्तृत कुराकानी भएको छ।’

संघीय सरकारको अनुमति बिना नै भारत गएका मुख्यमन्त्री सिंहले योगीसँग ‘रामायण सर्किट र सीता सर्किटको विकासका लागि उत्तर प्रदेश सरकारको सहयोग’ विषयमा कुराकानी गरेको बताएका छन्।

तर, नेपालको संविधानअनुसार वैदेशिक सहयोगसम्बन्धी अधिकार संघीय सरकारलाई मात्र छ, जसले उनको यो कदमलाई थप विवादित बनाएको छ।

मुख्यमन्त्री सिंहसँगै लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र नेपाली कांग्रेसका पूर्व सांसद अभिषेक प्रताप साहले पनि योगीसँग भेट गरेका छन्। स्रोतका अनुसार यो भेटको सम्पूर्ण चाँजोपाँजो पूर्व सांसद अभिषेक प्रताप साहले मिलाएका हुन्।

मुख्यमन्त्री सिंह, पूर्व मुख्यमन्त्री चौधरी र पूर्व सांसद साहको भारत यात्रा तथा योगीसँगको भेटघाटबारे भारतस्थित नेपाली दूतावास र नेपालस्थित भारतीय दूतावासले पनि अनभिज्ञता प्रकट गरेका छन्।

यसअघि काठमाडौंमा भएको राजावादी आन्दोलनमा योगीको तस्वीर प्रयोग भएको थियो। यस्तो अवस्थामा संघीय सरकारको जानकारीबिनै मुख्यमन्त्रीको भारत भ्रमण प्रश्नको घेरामा परेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register