कतै तपाईंको एक गल्तीले तपाईंको बैंक खाता ह्याक त हुँदैछैन ? बुझ्नुहोस् यी तथ्य… (भिडियोसहित)

काठमाडौँ । कुनै न कुनै बैंकमा तपाईंको बैंक खाता अवश्य होला । अझ सजिलोका लागि मोबाइल बैंकिङको प्रयोगसमेत अवश्य गर्नुहुन्छ होला । जानेर प्रयोग गरे त मोबाइल बैंकिङले तपाईंलाई पक्कै सहज बनाएको हुनुपर्छ । तर कतिपय कुरा नजान्दा तपाईं यस्तो जोखिममा हुनुहुन्छ, जसका कारण तपाईंले गर्नुभएको एउटा सानो गल्तीले तपाईंको बैंक खाता रित्तिन सक्छ । […]

Mar 21, 2025 - 06:50
 0
कतै तपाईंको एक गल्तीले तपाईंको बैंक खाता ह्याक त हुँदैछैन ? बुझ्नुहोस् यी तथ्य… (भिडियोसहित)

काठमाडौँ । कुनै न कुनै बैंकमा तपाईंको बैंक खाता अवश्य होला । अझ सजिलोका लागि मोबाइल बैंकिङको प्रयोगसमेत अवश्य गर्नुहुन्छ होला । जानेर प्रयोग गरे त मोबाइल बैंकिङले तपाईंलाई पक्कै सहज बनाएको हुनुपर्छ । तर कतिपय कुरा नजान्दा तपाईं यस्तो जोखिममा हुनुहुन्छ, जसका कारण तपाईंले गर्नुभएको एउटा सानो गल्तीले तपाईंको बैंक खाता रित्तिन सक्छ । तपाईंले थाहा नै नपाई ह्याकरले तपाईंको बैंक खातामा भएको पैसा चोरिसकेको हुनसक्छ । तपाईंलाई पैसा झिकिएको मेसेज त आउला, तर तपाईंले बैंकमा खबर गरुन्जेलसम्म तपाईंको खाता रित्तिसकेको हुनसक्छ र तपाईंको खाता निल भईसकेको हुनसक्छ । तपाईंले निकै मेहेनत गरेर जम्मा गरेको रकम, मिनेटभरमै स्वाहा हुन सक्छ । र त अवका केहि अंकहरुमा हामी आज तपाईंलाई तपाईंले थाहा नै नपाई गर्न सक्ने केहि गल्तीहरुका बारे बताउँदैछौँ, जसले तपाईंलाई तपाईंको बैंक खाता ह्याक हुनबाट जोगाउन सक्छ । र यी तथ्य तपाईं हामी, हाम्रा साथीभाई सबैले बुझ्न जरुरी छ । हामी कहाँ कहाँ जोखिममा छौँ भन्ने तथ्य बुझ्न जरुरी छ । हाम्रो खाता कसरी ह्याक हुन सक्छ भन्ने तथ्य बुझ्न जरुरी छ । सुरक्षित बैंकिङका लागि के के गर्नुपर्छ र हामीले के-के गर्नु हुँदैन भन्ने तथ्य सबैले बुझ्न जरुरी छ । समग्रमा भन्दा हामी सबैले बैंकिङ बुझ्न जरुरी छ ।

अव बुझौँ तपाईंको बैंक खाता रित्याउनेगरी कस्ता कस्ता भाइरस ह्याकरले फैलाईरहेका छन् ? भन्ने तथ्यतर्फ
विवाहको सिजन चलिरहेका बेला अहिले ह्याकरहरुले यस्तोसमेत जुक्ति लगाईरहेका छन् कि, ती ह्याकरले तपाईंलाई विवाहको कार्डको फोटो वा फाइल पठाईरहेका हुन्छन् । ओहो कुन साथीको विवाहको निम्तो आयो, जन्ती गएर पुलाउ खाने निम्तो आयो कि, उपहार लैजानुपर्ने निम्तो आयो भनेर तपाईंले सो कार्डमा झुक्केर पनि क्लिक गर्नुभयो भने मिनेटभरमै तपाईंको बैंक खाता रित्तिन सक्छ । छिमेकी देशमा निकै धेरै ठगीमा परिसकेको यस्तो घटना नेपालमा पनि देखिएको छ । यसरि बैंक खातामा पहुँच पुर्याउने ह्याकरले तपाईंलाई सुरुमा निमन्त्रणा कार्डजस्तो फाइल पठाउँछ । बाहिर झट्ट हेर्दा विवाहको कार्डजस्तो देखिने सो लिंकमा जव तपाईंले क्लिक गर्नुहुन्छ, तव तपाईंको मोबाइलमा एउटा खतरनाक एपिके भर्जनको फाइल डाउनलोड हुन्छ, र तपाईंको मोबाइलमा यो फाइल इन्स्टल हुन्छ । सो फाइल तपाईंको मोबाइलमा इन्स्टल हुनेबित्तिकै तपाईंको फोनमा रहेका सबै विवरण ह्याकरको नियन्त्रणमा हुन्छ । त्यसपछि ह्याकरले तपाईंको मोबाइल डिभाइसबाट डाटा चोरी गर्छ र तपाईंको बैंक खातामा पहुँच राखेर तपाईंको खाता रित्तो बनाईदिन्छ । अझ ह्याकरहरुले सुरुमा तपाईंको साथीको फेसबुक वा ह्वाट्सएप ह्याक गरेर मेसेन्जर वा ह्वाट्सएप मेसेजमार्फत यस्तो मेसेज तपाईंलाई पठाएको हुन सक्छ । तपाईं, ओहो साथीले के पठाएछ भनेर क्लिक गर्नुहुन्छ, यता तपाईंको खाता ह्याकरको पहुँचमा पुग्छ । त्यसैले झुक्किएर पनि आधिकारिकता विना मेसेजमा आएका कुनै पनि शंकास्पद लिंक क्लिक नगर्नुहोला ।

अझ हिजोआज त साथीहरुको फेसबुक ह्याक गरेर म एउटा प्रतिष्पर्धामा छानिएको छु, मलाई भोट गर्नुपर्यो, एउटा कोड आउँछ मलाई पठाउनुपर्यो भनेर ह्याकरहरुले तपाईंकै साथीजसरी तपाईंसँग कुरा गरिरहेका हुन्छन् । त्यस्तो कुरा फिटिक्कै नपत्याउनुहोला । तपाईंले झुक्किएर पनि उसले भने अनुसार गर्नुभयो भने एक त तपाईंको फेसबुक, ट्वीटर, टिकटकजस्ता सामाजिक संजाल र इमेल ह्याक हुन सक्छ भने, अर्कोतर्फ तपाईंको बैंक खातामा पहुँच राखी ह्याकरले तपाईंको पैसा नै रित्याईदिन सक्छ ।

बजारमा अहिले विभिन्न खालका मालवेरहरु फैलिएका छन् । जसलाई तपाईंले क्लिक गर्नेबित्तिकै तपाईंको खाता ह्याकरले रित्याईदिन्छ । एण्डड्रोइड फोनमा बैंक खाता रित्याइदिन सक्ने ‘ब्रोकवेल’ नामक मालावेरले अहिले धेरैको बैंक खाता रित्याईदिईसकेको छ । सुरक्षासम्बन्धी काम गर्ने कम्पनी ‘थ्रेट फेब्रिक’ले हालै यस्तो खुलासा गरेको हो । कम्पनीले सार्वजनिक गरेको प्रतिवेदन अनुसार एन्ड्रोइडमा फेक गुगल क्रोमको अपडेट पठाउने काम हुन्छ । सो अपडेट लिंक क्लिक गर्नेबित्तिकै ग्राहकको बैंकिङ सम्बन्धि सबै विवरण सो मालवेरको पहुँचमा हुन्छ र एक क्लिकमै बैंकको खातामा रहेको सबै रकम रितिन्छ । गुगलले आफ्नो ब्राउजरमा राखेको वास्तविक विज्ञापनकै माध्यमबाट समेत सो मालवेर मोबाइलमा प्रवेश हुने र प्रयोगकर्ताको बैंक खातामा पहुँच राख्ने सो प्रतिवेदनमा उल्लेख छ । विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाए अनुसार सो मालवेरले प्रयोगकर्ताको मोबाइलको सिष्टम नै नियन्त्रणमा लिएर बैंक खाता रित्याउन सक्छ । सो मालवेर मोबाइल फोनमा एक पटक प्रवेश गरेपछि मोबाइलमा रहेका फोटो, भिडियो, स्क्रिनशट लगायत सबै तथ्यांकहरुमा पनि सो मालवेरले पहुँच राख्ने प्रतिवेदनमा उल्लेख छ । तपाईंको मोबाइलमा पनि यो मालवेर प्रवेश गर्यो भने तपाईंको खाता क्षणभरमै रित्तिन सक्छ, त्यसैले पनि इन्टरनेटमा कुनै पनि विज्ञापन क्लिक गर्दा तपाईंको खातामा भएको रकम स्वाहा हुन सक्छ । त्यसैले तपाईंको मोबाइलमा कुनै एपको अपडेट गर्नु भन्ने खालको नोटिफिकेसन, विज्ञापन वा यस्तै केहि चीज आयो भने नहतारिनुहोला । एक पटक सचेतपूर्वक त्यसलाई हेर्नुहोला । आफुले नजाने जानेको मान्छेसँग त्यसको आधिकारिकता बुझ्नुहोला ।

त्यस्तै तपाईंले गरेको एउटा सानो गल्तीले तपाईंको बैंक खाता एक क्लिकमै रित्तिनेगरी एन्ड्रोइड प्रयोगकर्तालाई लक्षित गर्दै बैंक खाता नै रित्याइउने अर्को नयाँ मालवेयर पनि फैलिएको छ । नर्वेको साइबर सुरक्षा कम्पनी प्रोमोनले एक रिपोर्ट सार्वजनिक गर्दै ‘स्नोब्लाइन्ड’ नामको खतरनाक मालवेयर एन्ड्रोइड डिभाइसमा फैलिरहेको तथ्य ल्याएको हो । नेपालमा पनि कतिपय प्रयोगकर्ताहरु यसको सिकार भईरहेका छन् । फोनको सेक्युरिटी सिस्टमले थाहा नपाउने गरी ‘स्नोब्लाइन्ड’ मालवेयरले डिभाइसका संवेदनशील डेटा चोरी गर्नसक्छ । अनुसन्धानकर्ताका अनुसार यस मालवेयरले टार्गेट गरेको एपमा सेक्युरिटी चेक रन हुनुअघि नै खराब कोड छोडिदिन्छ, जसले गर्दा सो मालवेयरले मोबाइलको सेक्युरिटी फिचरलाई झुक्याउन फिल्टर इन्स्टल गर्छ । त्यसपछि त तपाईंले मेरो फोन सुरक्षित छ भनेर ढुक्क भएर बस्दा यता तपाईंको खाता निल भईसकेको हुन्छ । यतिसम्मकि यो मालवेरले तपाईंको मोबाइल डिभाइसमा राखिने टु फ्याक्टर अथेन्टिकेसन फिचरलाई डिसेबल गरिदिन्छ । परिणाम, संवेदनशील डेटा चोरी गर्न वा फोनमा भएका विवरणमा पहुँच पाइरहन मालवेयरलाई गाह्रो हुँदैन र तपाईंको बैंक खाता रित्तिन सक्छ । यस्तो मालवेर सामान्यतया तपाईंले विभिन्न वेवसाइट हेर्दा आउने विज्ञापनमार्फत फैलिरहेको छ । त्यसैले त्यस्ता मालवेरबाट जोगिन सचेत रहनुहोस् ।

यस्तै अर्को खतरनाक मालवेरले अहिले धेरैको बैंक खाता रित्याईरहेको छ । जसको नाम हो एआईवर्म । जमाना एआईको छ । जताततै एआइको प्रयोग भईरहेको छ । यहि तथ्यलाई मध्यनजर गर्दै ह्याकरहरुले क्षणभरमै तपाईँको बैंक खाता रित्याइदिन सक्ने खतरनाक ‘एआई वर्म’ नामको मालवेर फैलाईरहेका छन् । यो त्यस्तो एआई भारसर हो जसले जेनेरेटिभ एआई सिस्टम प्रयोग गरेर सेक्युरिटी वाल तोडेर संवेदनशील डेटा चोर्न सक्छ । परिणाम, तपाईंको बैंक खाता स्वाहा हुन्छ । त्यसैले जे खोज्दा पनि एआई भनेर खोज्ने बानी परेकाहरुले यस विषयमा ख्याल गर्नुपर्ने देखिन्छ । अहिले धेरैको बानी फलानो काम एआईले गर्छ कि गर्दैन, गर्छ भने कसरी गर्छ भनेर हेर्ने हुन्छ । गुगलमा जे भेटिन्छ, यसले गर्छ कि भनेर खोज्दा तपाईंको खाता नै ह्याक हुन सक्छ ।

बैंक खाता ह्याक हुनबाट जोगिन तपाईं हामीले ख्याल गर्नुपर्ने कुरा के हो भने ह्याकरहरुले तपाईंको मेसेन्जर, वाट्सएप, इमेल लगायतका माध्यम प्रयोग गरेर तपाईंलाई लिंकहरु पठाउँछन् । जव तपाईं सो लिंकमा क्लिक गर्नुहुन्छ, तव तपाईंको डिभाइसको वा तपाईंको डाटाको पहुँच ती ह्याकरहरुसम्म पुग्छ र उनीहरुले त्यसको दुरुपयोग गर्छन् । त्यसैले तपाईंको नजिकको साथीले नै किन पठाएको नहोस्, शंकास्पद लिंकहरु सकेसम्म नखोल्नुहोस् । अझ ओहो यस्तो पो भएछ, ओहो, नयाँ काण्ड आएछ, ओहो, यो हेर्यौ ? भनेजस्ता मेसेज त झनै क्लिक नगर्नुहोस् ।

आफ्नो मेहेनतको धन राखिएको बैंक खाता ह्याक हुनबाट जोगाउन तपाईंले केहि कुरामा ख्याल गर्नैपर्छ । तपाईंले झुक्केर पनि शंकास्पद मेसेज वा इमेल क्लिक गर्नु नै हुँदैन। कतिपयले त तपाईंलाई तपाईंको बिल हो भनेर सयौँ डलरको बिल जस्तो देखिने इमेल पनि पठाउँछन् । यो इमेल तपाईंलाई झुक्किएर आएजस्तो लाग्छ भने यहाँ अपिल गर्नुहोस् भनेर लिंकसमेत दिईएको हुन्छ । तर, तपाईंले सो लिंक क्लिक गर्नुभयो भने तपाईंको बैंक खाता स्वाहा हुन्छ । किनकि त्यो मालवेर हुन्छ । कतिपयले त चिट्ठा पर्यो भनेर पनि मेसेज वा इमेल लेखेका हुन्छन् । तपाईंले पैसा तिरेर किनेर नभरेको चिट्ठा तपाईंलाई पर्नै सक्दैन भन्ने कुरा बुझ्नुहोस् । कतिपयले तपाईंको फेसबुक मनिटाइज भयो, पैसा क्लेम गर्न यहाँ क्लिक गर्नुहोस् भन्ने मेसेजहरु पनि पठाईरहेका हुन्छन् । त्यस्तो कुरामा कति पनि विश्वास नगर्नुहोस् । किनकि, लोभले लाप, लापले विलाप भनेजस्तै तपाईंको लोभले तपाईंसँग भएको रकम पनि ह्याकरले लगिदिन सक्छ ।

पछिल्लो समय बैंक खाता ह्याक भएका घटना भुसको आगो जसरी सल्किरहेको छ नेपालमा । कतिपयले लाजले, कतिपयले नजानेर र कतिपयले अरुले खुच्चिङ्ग भन्छन् भन्ने डरले यस्ता घटना लुकाईरहेका छन् । तपाईं पनि यस्ता मालवेरबाट अवश्य जोगिनुहोला । आज हामीले बजारमा फैलिरहेका केहि मालवेरको चर्चा गर्यौं । आगामी अंकमा हामी बैंकको नक्कली कर्मचारी बनेर तपाईंहरुलाई कसरी सम्म ठगिन्छ र यस्तो काम कस्तो हो हो जसरी गरिन्छ भन्ने तथ्य प्रस्तुत गर्नेछौँ । तपाईंले सामान्य भिडियो हेर्दा पनि कसरी तपाईंको बैंक खाता ह्याक हुन सक्छ भन्ने डरलाग्दो तथ्य पनि प्रस्तुत गर्नेछौँ । तपाईंले गरेका केहि सिल्ली गल्तीहरुका कारण कसरी तपाईं ह्याकरको सिकार हुनुहुन्छ भन्ने तथ्य पनि हामी आगामी अंकहरुमा प्रस्तुत गर्नेछौँ । हामी मंशिर महिनाभरी बैंकिङ सचेतना अभियानमा छौँ । किनकि हामीले बुझेका छौँ, हर नेपालीले बचत गर्न पनि, डिजिटल ठगीबाट जोगिन पनि बैंकिङ बुझ्न जरुरी छ । (भिडियो)

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register